Comments Add Comment

जग्गा खरिद विवादमा मुछिएका सुशील भट्टराई आयल निगमको कार्यकारी निर्देशक

१३ कात्तिक, काठमाडौं । सरकारले नेपाल आयल निगम जग्गा खरिद विवादमा मुछिएका कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

आपूर्ति मन्त्रालयले सोमवार नेपाल आयल निगमका १०औं तहका कर्मचारी सुशील भट्टराईलाई १२औं तहको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

भट्टराई निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँगै जग्गा खरिद अनियमितता प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

उनी निगमले जग्गा खरिद गर्दा गठन गरेको उपसमितिका संयोजक हुन् । उक्त समितिले जग्गा खरिदका सम्बन्धमा आवश्यक निर्णय गर्नेसम्मको अधिकार दिइएको थियो ।

उक्त उपसमितिको सदस्यमा रविनकुमार शर्मा, विशाल ओझा र विजयराज सत्याल सदस्य थिए ।

जग्गा खरिद अनियमितता प्रकरणमा दोषी आरोपित खड्कालाई खड्कालाई आपूर्ति मन्त्रालय तानेसँगै हाल निमित्त नायव कार्यकारी निर्देशक रहेका भट्टराईलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघि खड्का बर्खास्तीमा परेसँगै आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिइएको थियो ।

अदालतले बर्खास्तीको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएपछि पुनः खड्का निगम प्रमुखको जिम्मेवारीमा फर्केका थिए ।

निर्वाचन आयोगसमेतको सहमति लिएर आपूर्ति मन्त्रालयले सोमवार खड्कालाई मन्त्रालय तानेसँगै भट्टराईलाई प्रमुखको जिम्मेवारी दिइएको हो । भट्टराईलाई सोमवारबाटै लागू हुनेगरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

भट्टराईले निगमले गरेको पत्रकार सम्मेलनमा आयल निगमको जग्गा महंगो परेको स्वीकार्दै खोलको जग्गा पेट्रोलियम भण्डारणका लागि उपयुक्त भएको र बाढी आए पर्खालले छेक्ने तर्क गरेका थिए ।

‘खोलामै जग्गा किनिएको कुरा साँचो हो । अन्तर्राष्ट्रिय मापदण्डमा यो सही छ’ भट्टराईले भनेका थिए, ‘त्यस्ता ठाउँमा बाढी आए हामीले लगाएको पर्खालले नै छेकिहाल्छ ।’

उनले जग्गा किनिएका केही स्थानमा बाढी आएपनि आयल निगमले त्यसको प्रतिरोध गर्ने गरी कम्पाउण्डिङ गर्ने बताएका थिए ।

यो पनि पढ्नुस्

आयल निगमको प्रष्टीकरणः महंगो परेपनि खोलाको जग्गा ठीक, बाढी आए पर्खालले छेक्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment