Comments Add Comment

नोकियाले ल्याउँदैछ निकै सस्तो स्मार्टफोन नोकिया टू, यी हुन् फिचर्स

लामो समयसम्म मोबाइल फोनको व्यापारबाट टाढा रहेको फिनिस कम्पनीले नोकिया थ्री, नोकिया फाइभ, नोकिया सिक्स र हालै नोकिया एट बजारमा ल्यायो ।

योसँगै कम्पनीले अब छिट्टै नै बजारमा एक नयाँ सस्तो फोन ल्याउँदैछ । नोकियाले ल्याउन लागेको बजेट स्मार्टफोनका फिचर्सहरु सार्वजनिक भएका छन् ।

३१ अक्टोबर अर्थात् मंगलबार नोकियाले भारतमा यो नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ ।

बेन्चमार्किङ वेबसाइट AnTuTu ले नोकियाको एउटा सस्तो स्मार्टफोनको स्पेशिफिकेसन लिस्ट सार्वजनिक गरेको छ ।

समाचार अनुसार,  नोकियाले ल्याउने नयाँ स्मार्टफोनको नाम नोकिया टू हुनेछ । यसमा क्वालकोम स्नापड्रागन २१२ चिपसेट हुनेछ । यो प्रोसेर अधिकांस इन्ट्री लेभल स्मार्टफोनमा हुने गरेको छ ।

यसमा १ जिबी र्याम, ८ जिबी इन्टर्नल मेमोरी हुनेछ । ८ मेगापिक्सेलको ब्याक क्यामराका साथै ५ मेगापिक्सेलको सेल्फी क्यामरा पनि यसमा हुनेछ । नोकिया टूमा ४.७ देखि ५ इन्चको डिस्प्ले हुनेछ ।

स्मरणरहोस् नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबलले मंगलबार एक नयाँ स्मार्टफोन लञ्च गर्ने भनी यसअघि नै निम्तो बाँडिसकेको छ । निम्तोमा स्मार्टफोनको नाम चाहिँ खुलाइएको छैन । नयाँ स्मार्टफोनको नाम नोकिया सेभेन, नोकिया नाइन वा नोकिया टू मध्ये एक हुने अड्कल काटिँदै आइएको छ ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment