Comments Add Comment

छोरीको अनुहारमा उज्यालो देख्छिन् अन्जु


यूकेको यात्राका लागि प्याकिङ सकेर बसेकी थिइन् गायिका अञ्जु पन्त । तर, एक्कासी भूकम्प गयो । घर हल्लिइरहेको थियो । तर, छोरी परितोषिका अञ्जुको लागि ठिक पारेको लगेज बोकेर भर्‍याङवाट झरिन् । अन्जुले छोरीलाई एकछिन पख्न आग्रह गरिन् । तर, उनले कुनै वास्ता नै गरिनन् । उनले उल्टै जवाफ फर्काइन्-‘किन डराउनु भएको ममी, केही हुन्न किन आत्तिनु भएको ।’ अञ्जुको बुझाइमा उनको छोरी एकदमै निडर छिन् । ‘कसैसँग पनि डराउदिनन् ।’ छोरीको त्यहि अनुहार हेरेपछि संसार उज्यालो भएको महशुस गर्छिन् अञ्जु ।

आमा नै पहिलो पाठशाला हो भन्नेमा सचेत अञ्जु चाहन्छिन् कि ‘छोरीमा पनि आफ्ना राम्रो गुण सरोस् । समाजमा हेपिएका चेपिएकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने उनको पहिलो सिद्धान्त हो । त्यहि कुरा सिकाएकी छिन् उनले छोरीलाई ।

अन्जुले एक दिनको घटना संझिइन् । उनी छोरी पुर्‍याउन जान लाग्दै थिईन् । गाडी निकालेर बसेको निकै बेर सम्म पनि छोरी आइनन् । एकछिनपछि छोरी दौडिएर आइपुगिन् । अन्जुले पछि मात्र थाहा पाइन् कि छोरी त एकजना खुट्टा नभएका वृद्धलाई बाटोमा देखेपछि गोजीमा भएको एकसय रुपैयाँले चकलेट र बिस्कुट किन्न गएकी रहिछन् ।

स्कुलमा फि तिर्न जाँदा उनलाई शिक्षकहरुले सोध्ने गर्छन् ‘तपाइले कति राम्रो संस्कार दिनु भएको ?’ छोरीले एकपटक स्कुलमा आमाको वारेमा निबन्ध लेख्नुपर्ने रहेछ । स्कुलको होमवर्क अञ्जुलाई देखाइन् । अञ्जुले भनिन्-‘छोरी मेरो वारेमा यति धेरै राम्रो नलेख । म तिमीले लेखेजति राम्री छैन ।’ छोरीले सोधिन-‘नराम्रो के छ त ?

फुर्सदको वेला अहिले पनि अञ्जु छोरीसँग दुई तीन घण्टा गफिन्छिन् । निकै उपदेश पनि दिन्छिन् । तर, छोरीले कहिल्यै झर्को लाग्यो भन्दिनन् । घरमा कोही पाहुना आयो भने अञ्जु नभएपनि पाहुनाले एक्लो महसुस् गर्नु पर्दैन । अभिवादन गर्ने मात्रै हैन । तातो चिसो के खुवाउनुपर्ने हो सवै ब्यबस्था गर्छिन् छोरीले ।

हरेक दिन सुत्नु अघि अञ्जु केही पढेर मात्रै सुत्छिन् । जाडो महिनामा हटब्यागले जिउ सेक्नुपर्छ । आमालाई के के सामान आवश्यक पर्छ सबै ब्यबस्था गरिदिन्छिन् छोरीले । ‘तातो पानीको ब्यबस्थादेखि ब्ल्याङ्केट मिलाउने काम समेत नानीले गरिदिन्छिन् ।’ अञ्जुले भनिन् ।

छोरीमा यो संस्कार आउनुमा खान्दानी संस्कार हाबी भएको अन्जुको वुझाई छ । अञ्जु पनि आमालाइ यसैगरि स्याहार गर्छिन् । बुबा सानैमा बितेपछि एक्ली भएकी आमालाई अञ्जुले प्रेम गरिन् । आफ्नो गुण छोरीमा भेटेकी अञ्जु दंग पर्दै भन्छिन्-‘छोरी, छोरी मात्रै हैन मेरो असल साथी पनि हो । हरेक दुःखमा साथ दिन्छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment