Comments Add Comment

बालाजु अटोवर्कको नयाँ सुविधा सम्पन्न मोबाइल सर्भिस भ्यान सेवा

१४ कात्तिक, काठमाडाैं । अग्नि ग्रुप प्रा.लिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवासँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी विग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोली गाडी विग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् ।

कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, काणलकर चैतन्य (कन्ट्रि हेड महिन्द्रा एण्ड महिन्द्रा) तपश पट्टनाएक (कन्ट्री म्यानेजर महिन्द्रा एण्ड महिन्द्रा) ले मोबाइल भ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुभारम्भ गरे ।

बालाजू अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मत गर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ । हालको लागि यो सेवा काठमाडौं उपत्यका भित्र लागु गरिएको छ भने भविष्यमा क्रमशः नेपाल अधिराज्यभरका प्रमुख सहरहरुबाट सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

बालाजु अटोवर्क प्रा.लि.का सर्भिस हेड शिब सुदन श्रेष्ठले विक्री पछिको गुणस्तरीय एवं ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित बालाजु अटोवर्क प्रालिका दक्ष प्राविधिकहरुले मोबाइल सर्भिस भ्यान/मोबाइल वाइकमार्फत छिटो छरितो माध्यमबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment