Comments Add Comment

‘मेला’लाई भारतमा प्रदर्शन गरिने, भोजपुरी स्टारले किने राइट्स

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका छन् । एस पी खरेलको नामबाट परिचित शाहले १६ लाख रुपैयाँमा भारतमा चलचित्र प्रदर्शनको अधिकार किनेका हुन् । चलचित्र ‘मेला’का लेखक, सह-निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र शाहविच संझौतामा हस्ताक्षर भएको छ ।

बसन्त निरौला निर्देशित चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र ३ गीत हेरिसकेपछि आफूले भारतमा प्रदर्शन गर्ने अधिकार लिएको परदेशीले बताए । उनले, नेपालीहरुको बाक्लो बसाई रहेको भारतको सिक्किम, दार्जलिङ, मुम्बई, दिल्लीमा चलचित्र प्रदर्शन गर्ने बताए । यसका लागि चलचित्रको भारतमा चाडै नै सेन्सर गर्ने र हलहरुमा शो किनेर प्रदर्शन गरिने उनको भनाई थियो ।

यस्तै, चलचित्रका प्रस्तुतकर्ता समेत रहेका पन्तले विदेशी बजारमा नेपाली चलचित्र प्रदर्शन हुँदा निर्माता पनि सुरक्षित रहने र चलचित्रको बजार पनि विस्तार हुने बताए । उनले, भारतको राइट्स विक्री भएपछि आफू केही हदसम्म सुरक्षित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment