Comments Add Comment

रेस्टुरेन्टमा दीपिका र रणवीरको भिडन्त, ब्रेकअपको चर्चा

केही वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणबीच सम्वन्ध विग्रेको खबर छ । उनीहरुबीच ब्रेकअप नै भइसकेको चर्चा भारतीय मिडियाहरुले गर्न थालेका छन् ।

मिडिया रिपोर्टका अनुसार हालै मात्र एउटा रेस्टुरेन्टमा डिनर खान पुगेका उनीहरुबिच झगडा परेको थियो । झगडा के विषयमा थियो भन्ने प्रष्ट नभए पनि विषय गम्भीर रहेको बुझिएको छ । सम्भवत विहेको कुरालाई लिएर उनीहरुबीच मतभेद रहेको हुन सक्ने अड्कल काटिएको छ ।

रणवीर र दीपिका दुवैका परिवार उनीहरुबीच चाँडै बिहे होस भन्ने चाहन्छन् । रणवीर पनि बिहेको पक्षमा छन् । तर दीपिका भने अझै केही वर्ष फिल्ममा नै फोकस गर्न चाहन्छिन् । यही विषयले उनीहरुको विवाद बढाएको हुन सक्ने बताइन्छ ।

केही मिडियाहरुले उक्त झगडापछि दीपिका र रणवीरको बाटो अलग अलग भइसकेको समाचार प्रकाशित गरेका छन् । तर यसको पुष्टि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment