Comments Add Comment

नीर शाह भन्छन्-‘दयाहाङ जस्ता कलाकार ५० बर्षमा एकपटक जन्मन्छन्’


नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार नीर शाहले दयाहाङ राई जस्ता कलाकार ५० बर्षमा एक पटक मात्र जन्मने बताएका छन् । चलचित्र ‘कान्छी’को गीत रिलिज कार्यक्रममा पुगेका नीर शाहले दयाहाङको प्रशंसा गर्दै भने-‘दयाहाङ जस्ता कलाकार ५० बर्षमा एकपटक मात्र जन्मन्छन् । दयाहाङले अभिनय यसरी पनि गर्न सकिन्छ भनेर देखाइदिए ।’

नेपाली चलचित्रमा एउटा शैलीको अभिनय रहँदै आएको भन्दै नीर शाहले दयाहाङले त्यो परिवर्तन गर्दै अभिनय यसरी पनि गर्न सकिन्छ भनेर देखाएको भन्दै उनको प्रशंसा गरे ।

नीर शाहले प्रशंसा गरेपछि कलाकार दयाहाङले भने-‘मलाई उहाँको कुराले भावूक बनायो । मलाई यसरी पनि मुल्यांकन गरिएको रहेछ, खुशी लाग्यो ।’यस्तै, उनले चलचित्रका छायांकार पुरुषोत्तम प्रधानको पनि खुलेरै प्रशंसा गरे । पुरुषोत्तम जस्ता कलाकार पनि ५० बर्षमा एकपटक जन्मने उनको भनाई थियो ।

नेपाली चलचित्रको बारेमा बोल्नमा लामो समय खर्चिएका शाहले नायिका स्वेता खड्काको लगावको पनि प्रशंसा गरेका थिए । आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘कान्छी’मा दया, स्वेता, नीर शाह लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र माघ २६ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment