Comments Add Comment

एयरबसमा बनेको सिनामंगलको ‘एयर म्युजियम’ भोलिबाट खुल्दै


१८ कात्तिक, काठमाडौं । ०७१ फागुन २० गते त्रिुभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भएको टर्किस एयरलाइन्सको विमानमा बनेको ‘हवाई संग्राहलय’ आइतबारबाट खुला हुने भएको छ । बेद उप्रेती ट्रष्टले काठमाडौंको सिनामंगलमा यस्तो हवाइ संग्राहलय बनाएर सञ्चालनमा ल्याउन लागेको छ ।

धनगढीमा विमान संग्राहलय सञ्चालन गरिरहेको वेद उप्रेती ट्रष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि यस्तै संग्राहलय निर्माण सकेर खुला गर्न लागेको हो ।

टर्कीबाट आकएका प्राविधिकले क्षतिग्रस्त विमानलाई संग्राहलयका रुपमा परिणत गर्ने काम गरेका हुन् । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको विमानलाई टर्किस एयरलाइन्सले मर्मत गर्न ठूलो खर्च लाग्ने भएपछि ‘डिजेबल’ गर्ने गरी बेचेको हो ।

६ करोडभन्दा माथि खर्च लाग्ने संग्राहलयमा ट्रष्ट र नेपाल नागरिक उडड्यन प्राधिकरणको संयुक्त स्वामित्व रहनेछ । संग्राहलयमा उडड्यन क्षेत्रका सबै जानकारीहरु प्रदान गरिनेछ ।

विभिन्न सामग्रीका माध्यमबाट विमानको बनोट र सञ्चालनबारे सर्वसाधारणले पनि जानकारी लिन सक्नेछन् ।


एयरबसमा यति ठूलो क्षमतामा अहिलेसम्म कतै हवाई संग्राहलय नबनेको उप्रेतीको दावी छ । यो संग्राहलयलाई प्रयोग गरेर हवाई सुरक्षाका तालिम र एयरहोस्टेजको कक्षा पनि हुनेछ ।

विमानभित्र विद्यालयर कलेजको सिफारिस लिएर आउने कक्षा ९देखि १२सम्म अध्ययन गर्नेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यो म्युजियमलाई ५ खण्डमा विभाजन गरिएको छ । जहाजमा बैठक कक्ष पनि छ । म्युजियमको स्वागत हलमा सोही विमानको ग्लास ककपिट र जहाजको मोडल राखिएको छ ।

यो अवलोकन गर्न साधारण नेपालीका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ । विदेशीले ६ सय रुपैयाँ तिर्नुपर्नेछ । संग्राहलय विमान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछ । सुरुवातको पहिलो महिनामा नेपालीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अपांगता भएकाहरुलाई १५० रुपैयाँ शुल्क तय गरिएको छ ।

अन्य विद्यार्थीका लागि पनि ५० प्रतिशत मात्रै प्रवेश शुल्क लाग्नेछ । यो संग्राहलयले विमान चढ्न र नजिकैबाट देख्न नपाएकाहरुलाई प्रत्यक्ष अवलोकनको मौका दिनेछ ।

४४० जना यात्रु अट्ने क्षमताको विमान किनेको ९ महिना नबित्दै दुर्घटनामा परेको थियो । विमान संग्राहलय बनेको विमान ‘लेटेस्ट’ र एकदमै महंगो हो ।

उप्रेतीकाअनुसार एयरबस-३३० अहिलेसम्म कुनै पनि एभिएसन संग्राहलयमा राखिएको छैन । संयोगले नै नेपालमा अवतरण गर्ने क्रममा टर्किस एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी गरेको उप्रेतीको भनाइ छ ।

यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे गोष्ठी पनि गर्ने योजना पनि छ । यो एयरबसको लम्बाइ २०८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १९७ फिट छ । म्युजियम सञ्चालनका लागि करिब ७ करोड खर्च भ्एको छ ।

उप्रेतीले तीन वर्षअघिदेखि कैलालीको धनगढीमा डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment