Comments Add Comment

बिहेका लागि कपिलकी प्रेमिकाले राखिन् यस्तो शर्त


कमेडियन कपिल शर्मा अब घरजमको तयारीमा लागेका छन् । एक अंग्रेजी वेवसाइटले उल्लेख गरे अनुसार प्रेमिका गिन्नी चतरथसँग उनको विवाहको तयारी भएको छ ।

गिन्नीलाई परिवारले बिवाहको दवाव दिएका छन् भने गिन्नीले कपिलसँग आफुलाई विवाह गर्ने हो भने रक्सी छोड्नुपर्ने भन्दै शर्त राखेकी छिन् । गिन्नीको शर्तमा कपिलको आमा पनि खुसी भएकी छिन् ।

गिन्नीको आग्रह स्विकार्दै कपिलले पनि रक्सी छोडेका छन् । त्यसो त कपिल अभिनित ‘फिरंगी’ प्रदर्शनको तयारीमा छ । चलचित्र प्रदर्शनपछि कपिलले विवाह गर्ने केहि मिडियाले उल्लेख गरेका छन् ।

गएको सेप्टेम्बरमा कपिल र उनकी प्रेेमिकाविच ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो तर, केही समयपछि उनीहरु एकसाथ साइबाबाको दर्शन गर्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment