Comments Add Comment

पाल्पाली समाज युएईको अध्यक्षमा वेदप्रसाद अर्याल

५ नोभेम्बर, युएई । युुएईको नेपाली समुदायमा सक्रिय पाल्पाली समाज युएईको दोस्रो अधिवेशनले अध्यक्षमा बेदप्रसाद अर्याललाई चयन गरेको छ ।

युएईको नेपाली सामाजिक गतिविधिमा मिलनसार, सहयोगी र मध्यमार्गी व्यक्तित्वको रुपमा चिनिएका अर्याल विगत १० वर्षदेखि एक चर्चित सुपरमार्केटमा सुपरभाइजरका रुपमा काम गरिरहका छन् ।

वरिष्ठ उपाध्यक्षमा ओमकुमारी खाँड, प्रथम उपाध्यक्षमा कैलाश अर्याल, उपाध्यक्षमा रमेश सापकोटा, उपाध्यक्षमै गुमबहादुर राम्जाली, महासचिमा धनबहादुर क्षेत्री, सचिवमा बिष्णु खनाल, कोषाध्यक्षमा खुमप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा राजेश गैरे चयन भएका छन् ।

 

त्यसरी नै पाल्पाली समाजको प्रवक्तामा युबी भट्टराई रहका छन् भने सदस्यहरुमा हिरा कुमाल, राजन पाल्पाली, मैया बस्याल, अमर कार्की, राजु बस्याल, सीता बस्याल, राजा बगर, टंक परियार, कृष्ण गैरे, विष्णु घर्ती मगर, डिल्लीराज भट्टराई, लीलबहादुर थापा, कालिका अधिकारी, कृष्णप्रसाद तिमल्सेना, विष्णु अधिकारी, कुम सारु मगर, दुर्गा न्यौपाने, कुल केसी, विनोद सेन, विष्णु ढकाल, विष्णुप्रसाद बस्याल, खेमबहादुर बयाम्बु, खेम रास्कोटी मगर, श्याम गन्धर्व, माधव पौडेल रहेका छन् ।

नयाँ समितिलाई निर्वाचन समितिले पद तथा गोपनीयताको सपथ ग्रहण गराएको थियो भने सबै पदाधिकारीहरुलाई अतिथिहरुले बधाई मन्तव्यका साथमा कार्य सफलताको शुभकामना दिएका थिए ।

युएईमा रहका पाल्पालीहरुको सुखदुःखको सहयात्री बनेको पाल्पाली समाजले आफ्नो जिल्लाको सामाजिक, शैक्षिक, भौतिक विकासमा यथासक्य सहयोग गर्दै आएको छ ।

युएईका अन्य सामाजिक संस्थाहरुको गतिविधिमा पनि सहकार्य गरिरहेको यस समाजले आफ्ना रचनात्मक क्रियाकलापहरुलाई निरन्तरता दिइरहेको छ ।

अधिवेशनको पहिलो चरणको कार्यक्रम संस्थाका अध्यक्ष खुम आलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

नेपाली समाज, युएईका अध्यक्ष चन्दप्रसाद सापकोटा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा एनआरएन युएईका उपाध्यक्ष नेत्र शर्मा, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, नेपाली बिज्नेस काउन्सिलका कोषाध्यक्ष एकेन्ऽबहादुर थापा, झापाली समाजका महाससचिव अशोक चापागाईं विशेष अतिथिका रुपमा उपस्थित भएर पाल्लाली समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

उक्त कार्यक्रममा सामाजिक अभियन्ता हरि चापागाईं, राजु केशी लगायत उल्लेख्य मात्रामा पाल्पालीहरु तथा गैरपाल्पालीहरुको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष ओम कुमारी खाँडले पहिलो चरणको कार्यक्रममा स्वागत मन्तब्य राखेकी थिइन् भने सचिव धनबहादुर क्षेत्री साङ्गाठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष कैलाश अर्यालले ६३ हजार १ सय ५९ दिराम्स -करिब १८ लाख रुपैयाँ) को कारोबार भएकोमा ५८ हजार ५ सय ३७ दिराम्स खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष गीतामणि पाण्डेको संयोजकत्वमा रहेको निर्वाचन समितिले आपसी सहमतिमा पाल्पाली समाजको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नोभेम्बर ३ तारिख, शुक्रबार दुबईको करामाको एक रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले अर्यालको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment