Comments Add Comment

एनआईसी एशिया बैंकमा नयाँ शाखा गाैरादह र तरहरामा

२० कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु खुलेका छन् । गौरादह नगरपालिका-३, झापा र ईटहरी उपमहानगरपालिका-२० तरहरा सुनसरीमा विशेष समारोहकाबीच शाखा समुद्घाटन भयो ।

गौरादह नगरपालिका कामेयर रोहित कुमार शाहबाट गौरादह शाखाको र ईटहरी उप- महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीबाट तरहरा शाखाको समुद्घाटन भएको हो ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

उल्लेखित २ शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमा सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment