Comments Add Comment

‘फेरि फेरि’मा अर्पण र ऋचाको जोडी


‘कान्छी मट्याङ ट्याङ र पिरिम पर्‍या छन्’ नामक कमेडी चलचित्र निर्देशन गरेका निर्देशक पुरन थापाले अब अर्को चलचित्र निर्देशनको तयारी थालेका छन् । यसपटक पनि उनले आफ्नो शैलीलाई छाडेका छैनन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘फेरि फेरि’को कथावस्तु पनि कमेडी नै हुनेछ ।

माता बसुन्धरा मुभिजको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा अहिलेका हट केक जोडी अर्पण थापा र ऋचा शर्मा मुख्य भूमिका रहनेछन् । अर्पण र ऋचा अहिले एकसाथ चलचित्रमा काम गरिरहेका छन् । चलचित्र बजारमा यी दुई प्रेममा रहेको चर्चा छ ।

यो जोडीले यस अगाडि चलचित्र ‘आधा लभ, चक्कर, सुनकेशरी, फिर्के’मा एकसाथ काम गरिसकेका छन् । यो जोडी पाँचौ पटक एकसाथ पर्दामा देखिन लागेको हो । चलचित्रमा यो जोडीको अलवा ओमप्रतिक गुरुङ, धमेन्द्र आचार्य, पुरन थापाको मुख्य भूमिका रहनेछ ।

निर्देशक थापाका अनुसार चलचित्रलाई पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेराले खिचिनेछ । रामेश्वर कार्कीको छायांकन, एनबी महर्जनको एक्सन, विकास चौधरीको संगीत चलचित्रमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment