Comments Add Comment

पुस २७देखि आठौं पोखरा महोत्सव

२१ कात्तिक, पोखरा । पोखराको अमरसिंहचौरमा हुने ‘पोखरा महोत्सव’ पुसको अन्तिम हप्ताबाट हुने भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको ‘पोखरा महोत्सव’को आठौं संस्करण यस वर्ष पुष २७ गतेदेखि माघ ८ गतेसम्म हुने भएको हो । क्लवले मंगलबार अपराहृन पत्रकार सम्मेलन गरी महोत्सवको तयारी शुरु गरेको जानकारी दिएको हो ।

“युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ स्थापना भएको क्लवले आयोजना गर्ने महोत्सवमा यस वर्ष २ सय २० स्टल रहने क्लवले जनाएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सव स्थानिय कला, संस्कृती, भेष भुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको बिकासबाट देशलाई समृद्धीतर्फ लम्काउने उद्धेश्यले आयोजना गरिएको क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले बताए ।

त्यस्तै सुचना प्रविधिकोे जानकारी, पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र स्थानिय स्तरमा उत्पादित वस्तुको बजारीकरण, स्थानियदेखि राष्ट्रिय स्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य पनि महोत्सवको रहेको उनले बताए ।

महोत्सवमा विभिन्न जात जातिका कला संस्कृति प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवम् बिक्री, सुचना प्रविधिहरुको प्रदर्शनी एवम् जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवाबारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा बिक्री, पर्यटन प्रवर्द्धनका सामग्रीहरुको प्रदर्शनी एवम् जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, पशुपंक्षीको प्रदर्शनी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला लगायतका गतिविधीहरु समेत महोत्सवमा समावेश गरिने क्लवका अध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, नेपालका ख्यातिप्राप्त ब्याण्ड, लोकल ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुती, हास्य ब्यङ्ग्य तथा प्रहसन, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, नेपाली संस्कृति झल्कने प्रस्तुतीका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समावेश हुने अध्यक्ष गुरुङले बताए ।

महोत्सवमा आउने दर्शकलाई सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित ब्यवस्था, वाइ-फाइको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरिवतास तथा हुलदंगाबाट क्षेति भएमा बिमा, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था, पार्किङको उचित ब्यवस्था र प्रत्येक स्टलले एक थान टेवल र दुइथान कुर्चीको ब्यवस्था गर्ने क्लवले जनाएको छ ।

२ लाख ५० हजार दर्शकले अनुमान गर्ने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि टिकट दर ८० रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीलाई ६० रुपैया टिकट दर कायम गरिएको क्लवका महासचिव तथा प्रचारप्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा अपाङग, बृद्धबृद्धा, एकल महिला र सुरक्षा निकायलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी दिए ।

१ करोड १४ लाख आम्दानी गर्ने लक्ष्य राखिएको महोत्सवमा अनुमानित ७९ लाख खर्च हुने र ३५ लाख बचत गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ ।

शुरुवात देखिनै पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागी चिडियाखाना निर्माणसँगै सेती नदी संरक्षण र सौर्यबत्ती जडान गर्दै आइरहेको छ ।

सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल युनाइटेड क्लवले महोत्सव सफल बनाउनका लागि क्लवका अध्यक्ष सुकबहादुर गुरुङको संयोजकत्वमा मूल आयोजक समिति तथा ४१ वटा उपसमितीहरु निर्माण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment