Comments Add Comment

शिल्पाको फिल्मी यात्राः ‘लिलिबिली’मा चर्चा, ‘ब्रेकअप’मा सम्झौता, ‘कागजपत्र’मा अभिनय


मंगलबार काठमाण्डौको क्यूज हलमा एक चलचित्रको घोषणा भयो, ‘कागजपत्र’ । यो चलचित्रलाई ‘झुम्की’ निर्देशन गरेर असफल भएका निर्देशक अपिल बिष्टले निर्देशन गर्दैछन् ।

समाजमा हुने गरेको घटनालाई रमाइलो तरिकाले यो चलचित्रमा प्रस्तुत गरिने कार्यक्रममा जानकारी दिइयो । यो चलचित्रमा भोलाराज सापकोटा, नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, निरज सिंह बिष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

बिहिबारबाट छायांकन सुरु हुने चलचित्रमा नाजिर र शिल्पाको जोडीलाई दर्शकले देख्न पाउनेछन् । नायक नाजिर हुसेनले कथावस्तु मन परेकाले यो चलचित्रमा काम गर्न लागेको बताए । यस्तै, नायिका शिल्पा मास्केले चलचित्रमा आफू ‘बुनु’को भूमिकामा देखिन लागेको बताइन् ।

कलाकार सुनिल थापाले चलचित्रको फस्टलुकको घुम्टो उघारे । वल्डवाइड फिल्मस् र औष फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहनेछ । विशारद बस्नेत यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा संगीत सापकोटाको संगीत, अष्ट महर्जनको एक्सन, कासिमिर डिकसनको छायांकन रहनेछ ।

रमाइलो कुरा के छ भने, यो चलचित्रमा काम गर्न लागेकी नव-नायिका शिल्पा मास्केले काम गर्ने भनिएको पहिलो चलचित्र भने ‘लिलिबिली’ हो । निर्देशक मिलन चाम्सले चलचित्र ‘लिलिबिली’मा शिल्पाले मुख्य भूमिकामा काम गर्ने भन्दै मिडियामा खबर दिएका थिए ।

तर, चलचित्रको घोषणा कार्यक्रममा अन्य २ नायिका उपस्थित भए । यस्तै, शिल्पाले काम गर्ने भनेर सम्झौता नै गरेको चलचित्र भने ‘ब्रेकअप’ हो । रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्रका लागि शिल्पाले काम गर्ने सहमति गरेकी थिइन् । तर, यी दुवै फिल्ममा उनले अभिनय गर्न पाइनन्  । अब उनले अभिनय गर्ने पहिलो चलचित्र भने ‘कागजपत्र’ बन्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment