Comments Add Comment

झापामा वाम गठबन्धनसँग चुनावी तालमेल गर्नु बाध्यताः कमल थापा

२२ कात्तिक, नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा उर्जामन्त्री कमल थापाले झापामा अपवादका रुपमा वाम  गठबन्धनसँग चुनावी तालमेल गर्नु आफूहरुको बाध्यता रहेको बताएका छन् ।

बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘झापामा अपवादको रुपमा वाम गठबन्धनसँग तालमेल गर्नु हाम्रो बाध्यता हो ।’

अन्य क्षेत्रमा आफूहरुले काँग्रेससँगको गठबन्धन गरेको बताए । उनले यो गठबन्धन चुनावी मात्र नभई चुनावपछिका लागि समेत भएको बताए ।

वाम गठबन्धनविरुद्ध कांग्रेस र राप्रपाबीचको चुनावी एकता भएको उनको भनाइ थियो । उनले भने, ‘लोकतन्त्र र स्थायित्वको लागि नेपाली कांग्रेसको नेतृत्वमा राप्रपा र अन्य लोकतन्त्रवादी शक्तिबीच लोकतान्त्रिक गठबन्धन भएको हो ।’

एमाले र माओवादी केन्द्रबीच चुनावी एकतासँगै पार्टी एकता गरिने तथा दुई तिहाई ल्याएर कम्युनिष्ट शासन ल्याउने जस्ता अभिव्यक्ति आउन थालेपछि खासगरी लोकतन्त्रबादी शक्तिहरु शसंकित भएको उनले बताए ।

एमाले र माओवादी केन्द्रबीचको चुनावी एकतासँगै पार्टी एकता गर्ने तथा दुई तिहाई ल्याएर कम्युनिष्ट शासन ल्याउने जस्ता अभिव्यक्ति आउन थालेपछि आफूहरु खासगरी लोकतन्त्रवादी शक्तिहरु शसंकित भएको उनले बताए ।

उनले लोकतन्त्रको बिकल्प नभएको र कुनै पनि अधिनायकवादले प्रश्रय नपाउने गरी आगामी मंसिर १० र २१ गतेको आम निर्वाचनमा जनताले फैसला गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment