Comments Add Comment

नेपाली सेनाका जवान अर्धचेत अवस्थामा भेटिए

२२ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ स्थित जगलमा नेपाली सेनाका एक जवान अर्धचेत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको नवलपुरस्थित नेपाली सेनाको पाँचकुमारी ब्यारेकमा कार्यरत गौशाला–८, बेलगाछीका २५ वर्षीय बिजयकुमार महत्तो अर्धचेत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

दुई दिनको छुट्टीमा घर आएका महत्तो आइतबार आफू कार्यरत रहेको स्थान पाचकुमारी ब्यारेकतर्फ हिडेका थिए । र, उनी ब्यारेकसम्म पुगेनन् ।

प्रहरीले महत्तोलार्इ सागरनाथ वन परियोजनाको जगलमा ३ दिन पछि फेला परेको हो । महत्तोका परिवारजनले बुधबार मात्र महत्तो कार्यरत स्थानमा नपुगेको र हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

खबर गरे लगत्तै प्रहरी र आफन्तजनले महत्तोको खोजी कार्य तीब्र पारेको थियो । महत्तोलार्इ प्रहरी र स्थानीयवासीले परियोजनाको जङ्गलस्थित एक खोल्सामा बालुवामा भासिएको अवस्थामा अर्ध चेत अवस्थामा फेला पारेका थिए ।

अहिले उनको बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।

कसैले कुटपिट गरी हत्याको प्रयास गरेको हुनसक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान थालेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment