Comments Add Comment

ट्वीटरमा अक्षरको सीमा दोब्बरले बढ्यो, अब २ सय ८० अक्षरमा ट्वीट गर्न सकिने


ट्वीटर  प्रयोगकर्ताले अहिलेसम्म केवल १ सय ४० अक्षरमा आफ्नो कुरा ट्वीट गर्न पाउँथे । तर अब ट्वीटरले ट्वीटमा अक्षरको सीमा २ सय ८० बनाइदिएको छ ।

यद्यपि,  चिनियाँ, जापानी तथा कोरियाली भाषामा लेख्नेहरुका लागि चाहिँ अक्षरको सीमा अहिले पनि १ सय ४० रहनेछ । किनकि यी भाषामा लेख्नका लागि निकै कम अक्षरको आवश्यकता पर्दछ ।

कम्पनीका अनुसार अंग्रेजी भाषामा लेखिने नौ प्रतिशत ट्वीटमा अधिकतम सीमा १ सय ४० अक्षरको नै उपयोग नै हुने गरेको छ । मानिसहरुले अक्षरको सीमाका कारण धेरैजसो समय आफ्ना ट्वीट सम्पादन गर्दछन् वा अक्षर नपुगेसँगै ट्वीट नै प्रकाशित गर्दैनन् । तर अक्षरको सीमा बढेसँगै ट्वीटरमा ट्वीट गर्नेहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

धेरै हप्तादेखिको परिक्षण पश्चात ट्वीटरले आधिकारिक रुपमा अक्षरको सीमा बढाएको हो । ट्वीटरले गत सेप्टेम्बर देखि २ सय ८० अक्षरको ट्वीटको परीक्षण सुरु गरेको थियो ।

सन् २००६ मा सुरु हुँदादेखि नै ट्वीटरमा १ सय ४० अक्षरको सीमा रहँदै आएको थियो ।

विश्वमा हाल ३३ करोड मासिक सक्रिय ट्वीटर प्रयोगकर्ता रहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment