Comments Add Comment

समय अभावले मतदाता शिक्षा प्रभावकारी भएनः यादव

२३ कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समय अभावका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् ।

विहीबार काठमाडौंमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारीका विषयमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने समय कम भएर कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन ।

उनले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन पनि चुनौति बनेको बताए ।

उनले निर्वाचन प्रचार अभियानमा हुने अधिक खर्च नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै यसको नियन्त्रण गर्नु आयोगको मुख्य चुनौति रहेको पनि स्पष्ट पारे ।

उनले मतदातासँग उम्मेदवारहरु आफैंले आर्थिक लेनदेन गरिरहेको पाइएको उल्लेख गर्दै त्यस्ता उम्मेदवारमाथि स्पष्टिकरण लिन लागिएको पनि जनाएका छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि नगर्न सरकार, राजनीकि दल र उम्मेदवारहरुलाई सचेत गराउँदै आएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बढिमा २५ लाख र प्रदेशसभा निर्वाचनका लागि बढीमा १५ लाख खर्च गर्न पाउने कानुनी व्यवस्था भएपनि करोडौं खर्च निर्वाचनमा हुने देखिएपछि निर्वाचन आयोग चिन्तित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment