Comments Add Comment

काठमाडौंमा मोबायल चोरीमा संलग्न ३ पक्राउ

२३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका मोबायल तथा इलेक्ट्रोनिक पसलहरुमा चोरी गर्ने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर घर भइ हाल कपन बस्दै आएका १७ वर्षीय अभिषेक मोक्तान, सोही ठाउँ घर भइ हाल बौद्ध बस्दै गरेका २० वर्षीय सानु ब्लोन र धनकुटा घर भइ हाल गंगबु बस्दै आएका ३३ वर्षीय गोपाल राई छन् ।

उनीहरुको साथबाट १७ वटा मोबालसहित ९० हजार रुपैयाँ नगद समेत बरामद भएको महानगरीय प्रहरी परिषर, काठमाडौंले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment