Comments Add Comment

जेसीबीको आधिकारिक सेवा केन्द्र चरिकोटमा


२३ कात्तिक, काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले दोलखाको चरिकोटमा आधिकारिक सेवा केन्द्र (अथराइज्ड रिटेल आउटलेट) सुरु गरेको छ । यो सेवा केन्द्रबाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।

दोलखा, रामेछाप र सिन्धुली लगायतका क्षेत्रमा जेसीबी मेसिनको उपस्थिति बाक्लो हुन थालेपछि ग्राहकलाई सुविधालाई ध्यानमा राखेर सेवा केन्द्र सुरु गरिएको हो ।

नयाँ सेवा केन्द्रको उद्घाटन निर्माण व्यवसायी संघ, दोलखाका अध्यक्ष रामेश्वर उप्रेती र उद्योग वाणिज्य संघ, दोलखाकाका सदस्य हेमराज रिमालले संयुक्त रुपमा गरेका थिए ।

एमएडब्लु अर्थमुभर्सले बनेपा, गल्छी र लहानमा पनि सेवा केन्द्र स्थापना गरिसकेको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने जेसीबीको नेपालमा सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।

हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकपि्रय छन् ।

पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ ।

जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment