Comments Add Comment

त्रिपुरेश्वरको मोटरसाइकल ग्यारेजमा आगलागी, एकको मृत्यु

फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको जयन्ती आयल स्टोर सँगैरहेको मोटर ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । आगोबाट एक जनाको मृत्यु भएको कालीमाटी प्रहरीले पुष्टि गरेको छ । त्यस्तै एक जना घाइते भएका छन् भने उनलाई उपचारका वीर अस्पताल पुर्‍याइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वारुणयन्त्र लगायत आगलागी नियन्त्रण दस्ताको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । नजिकै पेट्रोल पम्प रहेकाले संवेदनशील मानिएको क्षेत्रमा सुरक्षाकर्मीको संयमताले ठूलो क्षति टरेको छ ।

आगोमा जलेर मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन, यद्यपि उनी त्यहीँका कामदार रहेको बताइएको छ । मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment