Comments Add Comment

महतोलाई निधिको जवाफः आफ्नै जिल्लामा हैसियत छैन, मलाई हराउने रे !

२३ कात्तिक, जनकपुर । प्रतिनिधिसभा सदस्यका लागि धनुषा ३ मा उम्मेदवारी दिएका कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोबीच जुहारी सुरु भएको छ ।

महतोले चुनावी प्रतिपर्धी निधिमाथि मधेसको मत लिएर दुरुपयोग गरेको र विकासको धावक भएको आरोप लगाएका छन् । जवाफमा निधिले महतोलाई बाहिरिया मान्छे भन्दै जनकपुरवासीले स्वीकार नगर्ने बताएका छन् ।

एक कार्यक्रममा महतोले जनकपुरका जनताले निधिलाई हराएर सबक सिकाउने दाबी गरेका थिए । ‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ’ महतोले भने, ‘आन्दोलनविरुद्ध लाग्ने, दमन गर्ने, मधेसी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ ।’

मधेश आन्दोलनविरुद्ध सरकारी पक्षले बुलेटको प्रयोग गरेको भन्दै उनले ब्यालेटमार्फत जवाफ दिने बताए । उनले निधितर्फ संकत गर्दै भनेका छन्, ‘संविधानको पक्षमा आफूले पनि हस्ताक्षर गरेर अरु मधेसीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेसी नेता यहीँ जनकपुरका हुन् ।’

निधिलाई पटकपटक चुनाव जिताएर पठाएपनि जनकपुरको विकासमा सिन्को नभाँचेको भन्दै महतोले निधिसँग मत माग्ने अधिकार समेत नभएको बताएका थिए ।

बुधबार निधिले महतोलाई जवाफ दिएका छन् । जनकपुरमा गालीगलौज नचल्ने भन्दै उनले भने, ‘राजेन्द्र महतो त आफ्नो जिल्लामा हैसियत छैन । महतोलाई यहाँको जनतालाई जवाफ दिन्छन् ।’

महतोले आफूलाई हराउन धनुषा ३ मा आएको अभिव्यक्ति दिएको उल्लेख गर्दै कांग्रेस नेता निधिले भने, ‘म जनकपुरलाई प्रदेश २ को राजधानी बनाउन, राजश्री विश्वविद्यालय बनाउन र ६ लेनको बाटो बनाउन उम्मेदवार भएको हुँ ।’

उनले धनुषाको चार वटै क्षेत्र कांग्रेसले जित्ने दाबी गरे । उनले थपे, ‘जनकपुरका मतदाताले मलाई र रुख छापामा भोट दिन्छन्, हामी ४ वटै क्षेत्रमा जित्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment