Comments Add Comment

जन्मदिनमा बोल्ड दीपिका


नायिका दीपिका प्रसाइले बिहिबार केही फरक महशुश गरिन् । २१ बर्षसम्म उनले जन्मदिन मनाउँदै गर्दा उनीसँग आफन्त र साथीभाई मात्र हुन्थे । तर, २२ औं बर्षमा प्रवेश गर्दै गर्दा उनको जन्मदिन विशेष रह्यो ।

यस अगाडि उनको अगाडि चलचित्रकर्मी, पत्रकार उपस्थित हुन्थेनन् । तर, बिहिबार बेलुकी काठमाण्डौमा बढ्दै गएको चिसोमा केही हट हुँदै गर्दा दीपिका उत्साहित देखिइन् । दीपिकाले जन्मदिनको अनुभव साट्दै भनिन्–‘यसपटक मेरो जन्मदिन विशेष छ । कारण, यसपटक मसँग मिडियाकर्मी, फिल्मीकर्मी हुनुहुन्छ ।’

उनले अब चलचित्र क्षेत्र नै आफ्नो सपना भएको बताइन् । चलचित्र ‘ऐश्वर्य’ हिट भएपछि उनको क्रेज पनि बढेको छ । सोही क्रेजलाई क्यास गर्दै अगाडि बढ्ने उनको भनाई छ ।
कार्यक्रममा दीपिकाले केक काटेर जन्मदिन सेलिव्रेशन गरिन् । उनीसँग चलचित्र ‘ऐश्वर्य’का नायक तथा निर्माता रमेश उप्रेती, निर्देशक दिवाकर भट्टराई, सह–निर्माता निर्मल शर्मा, निर्माता अर्जुन श्रेष्ठ पनि साथमा थिए ।

सो अवसरमा चलचित्र ‘ऐश्वर्य’को सफल भएको उपलक्ष्यमा चलचित्रको टिमले केक पनि काटेको थियो । दीपिकाले अब आफूले राम्रो चलचित्रलाई स्विकारेर काम गर्ने बताइन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा भित्रिएकी दीपिका अब चलचित्र बजारमा आफू पनि प्रतिस्पर्धामा उत्रिएको बताउँछिन् । उनले आफू अहिले सिंगल रहेको बताइन् । ८ कक्षामा पढ्दा नै एकसाथ २ केटाले मन पराएको उनले संझिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment