Comments Add Comment

बिहेको तनावले महिलाको यस्तो हालत !

अमेरिकाको मिसिसिपीमा बस्ने एकजना महिला आफ्नो बिवाहको तयारीमा यतिधेरै मग्न थिइन् कि उनले आफ्नो स्वास्थ्यको ध्यान पनि राख्न सकिनन् ।

विवाहको दिन आउन केही दिनमात्र बाँकी थियो । उनको जिउभरी सेतो दाग देखिन थाल्यो ।

३२ वर्षकी केन्डिस बेनफोर्टलाई बिहेको तनावकै कारण भिटिलिगो नामक स्वास्थ्य समस्या भएको हो । यो रोगमा मानिसको छालाको रङ खुइलिन थाल्छ र छाला सेतो बन्दै जान्छ ।

कलेजमा छँदा आफ्नो हातमा एकदुई वटा मात्र दाग रहेको तर बिहेको कुरा चलेसँगै दाग बढ्दै गएर पूरै शरीरभर फैलिएको उनको भनाइ छ ।

टाटे पाटे रङको छाला भएको अनुहार हुँदा उनी बिहेको दिनमा कुरुप देखिएकी थिइन् । उनले बिहेको दिनमा सिँगारपटार गरेर अनुहारका दागधब्बा लुकाउन चाहन्थिन् । तर बेहुलाले उनलाई सम्झाए र मेकअप नगर्न मनाए । आफ्नी बेहुली प्राकृतिक मुहारमै सुन्दर देखिने भन्दै उनले मेकअप नगर्न भनेपछि केन्डिस मेकअप बिनै आफ्नो बिहेमा सामेल भएकी थिइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment