Comments Add Comment

फेसबुकले किन खोजिरहेको छ प्रयोगकर्ताका निर्वस्त्र तस्वीर ?

अश्लील तस्वीरको माध्यमबाट बदला लिने कर्तूत अर्थात् रिभेन्ज पोर्न रोक्नका लागि फेसबुकले एक नयाँ विधिको परीक्षण गरिरहेको छ ।

उक्त परीक्षणका लागि फेसबुकले आफ्ना प्रयोगकर्ताबाट उनीहरुका निर्वस्त्र तस्वीरको अपेक्षा गर्दछ ।

प्रयोगकर्ताले फेसबुकलाई आफ्ना निर्वस्त्र तस्वीर पठाउनु पर्नेछ । उक्त तस्वीरबाट फेसबुकले डिजिटल फिंगरप्रिन्ट बनाउनेछ र त्यसलाई नन कन्सेन्सुअल एक्सप्लिसिट मिडिया अर्थात् कुनै व्यक्तिको इच्छाविपरित लिइएको अभद्र मिडिया सामग्रीको रुपमा मान्नेछ ।

यसबाट फेसबुक प्रयोगकर्ता आफ्ना निर्वस्त्र तथा आपत्तिजनक तस्वीरहरु फेसबुकमा सार्वजनिक हुनबाट जोेगिनेछन् । किनकी उक्त फिंगरप्रिन्ट मानकको आधारमा सो व्यक्तिको निर्वस्त्र तस्वीरको पहिचान फेसबुकले गर्नेछ र त्यसलाई फेसबुकमा प्रकाशित हुन प्रतिबन्धित गर्नेछ ।

फेसबुकमा मात्र होइन इन्स्टाग्राममा पनि यस्ता तस्वीर पोष्ट गर्न सकिने छैन ।

यो प्रविधि फेसबुकले पहिलोपटक अष्ट्रेलियामा सुरु गरेको हो ।

अष्ट्रेलिया ब्रोडकास्टिङ कार्पोरेसनका अनुसार अष्ट्रेलियाली सरकारी एजेन्सीसँग फेसबुकले यो विषयमा हातेमालो गरेको छ ता की यस्ता तस्वीरको माध्यमबाट कसैलाई ब्लाकमेल गर्न नसकियोस् ।

अष्ट्रेलियामा अब कसैले आफ्ना अश्लील तस्वीरहरु फेसबुकमा कसैले कुनैप्नि बेला पोष्ट गर्छकी भन्ने डर हटाउनका लागि अष्ट्रेलियाको इ सेफ्टी आयुक्तसँग सम्पर्क गर्नुपर्नेछ । त्यसपछि प्रयोगकर्तालाई आफ्नो नग्न तस्वीर पठाउन भनिनेछ ।

यो प्रक्रिया आफ्नै इमेलमा आफ्नो तस्वीर पठाउनु सरह हुनेछ । यो निकै सुरक्षित हुने आयुक्त जुली इनमेन बताउँछन् ।

नग्न तस्वीर प्राप्त हुनासाथ त्यसलाई ह्यास गरिनेछ र त्यसमाथि डिजिटल फिंगरप्रिन्ट हालिनेछ र एक लिंक पनि बनाइनेछ ।

ग्रान्टका अनुसार प्रयोगकर्ताले पठाएको नग्न तस्वीर कहीँ पनि स्टोर गरिनेछैन, मात्र लिंक उपलब्ध हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment