Comments Add Comment

धनुषामा पेस्तोल र चरेससहित पाँच जना पक्राउ

२४ कात्तिक, जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाले लागुऔषध र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।

सबैला नगरपालिका-८ स्थित ठिला गाउँमा अवैध हतियार ल्याउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध शाखाको टोलीले एक थान कटुवा पेस्तो र एसएलआरमा लाग्ने ३ राउण्ड गोली सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सबैला नगरपालिका-८ का सकुर मिया, र अनिल पासमान रहेको प्रहरीले जनाएको छ । सकुर मिया नेपाली काग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।

त्यसैगरी १० किलो गाजासहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सबैला-१३ ढल्केबर वडा नम्बर १३ ढोलबजामा ठूलो मात्रामा गाजा विक्रि गर्ने गरेको सुराकका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका-३ बस्ने कलसिया देवि महरा, सोही स्थानमा देवेन्द्र महरा र राम अवतार महरा रहेका छन् ।

उनीहरुको साथबाट तीन पोका (१० किलो) गाजा बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment