Comments Add Comment

माइक्रोम्याक्सको एच-२ क्यानभास इन्फिनिटी बजारमा

२४ कात्तिक, काठमाडौं । माइक्रोम्याक्सले अत्याधुनिक र क्रान्तिकारी क्यानभास इन्फिनिटी ल्याएको छ । माइक्रोम्याक्सको यो स्मार्टफोनमा १.५ गिगाहर्जको क्वाट कोर कोर्टेक्स ए-५३ क्वाललम एमएसएम ८९१७ स्नाप ड्रागन ५२५ प्रोसेसरद्वारा सञ्चालित छ । यसमा ३ जिबी डीडीआरथ्री र्‍याम पनि छ ।

सको र्‍यामको अधिक क्षमताका कारण स्मार्टफोन तिब्र र सहज रुपमा प्रयोग गर्न सकिन्छ । फोनमा भएको सेल्फी फ्ल्याससहितको १३ मेगापिक्सलको रेयर क्यामेरा पनि छ ।

सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा राखिएको छ । यसमा ५.७ आईपीएस एलसीडी मल्टिकलर डिस्प्ले छ । म्याक्रेम्याक्स क्यानभास इन्फिनिटीमा ३ जिबी र्‍याम, ३२ जिबी रोम र थप १२८ जिबी एक्पान्डेबल एसडीकार्ड प्रयोग गर्न सकिने भएकाले आफ्ना तस्वीर, डकुमेन्ट, भिडियोहरु स्टोर गर्न स्पेसको कुनै चिन्ता नपर्ने कम्पनीले जनाएको छ ।

माइक्रोम्याक्सको यो स्मार्टफोन एन्ड्रोयड ७.१.२ नूगट भर्सनमा उपलब्ध छ, जून एन्ड्रोयडको नयाँ अपरेटिंङ सिस्टम ओरियो ८.० भर्सनमा अपग्रेड गर्न सकिन्छ ।

यो फोनमा शक्तिशाली २९०० एमएएचको व्याट्री रहेको छजसले अधिकतम अवधिसम्म प्रयोगकर्ताहरुले भिडियो हेर्न, गेम खेल्न तथा अन्य विभिन्नकार्यहरु गर्न शक्ति प्रदान गर्छ ।

फोनमा ५.७ इन्च आईपीएस एलसीडी मल्टिीकलर डिस्प्ले छ । जसको रिजोल्युशन ७२०/१४४० पिक्सेल छ । यसमा प्रोक्सिमिटी, फिंगरपि्रन्ट (रियर मउन्टेड) सेन्सर, फोरजी तथा ओटिजी सपोर्ट र ब्लूटूथ रहेको छ ।

माइक्रोम्याक्सको उत्कृष्ट पि्रमियम स्मार्टफोनहरु मध्येको एक, बहुप्रतिक्षित स्मार्टफोन क्यानभास इन्फिनिटी स्मार्टफोन एन्ड्रोयड ७.१.२ नूगट भर्सनमा उपलब्ध छ ।

यो स्मार्टफोन पि्रमियम मूल्य दर रु. १८ हजार ५ सय मात्र तिरेर आफ्नो बनाउन सकिन्छ । यो स्मार्टफोन बजारमा आएका अन्य स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोन मध्येमा पर्दछ, जसले कुनै पनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन ।

माइक्रोम्याक्स क्यानभास इन्फिनिटी स्मार्टफोनका ग्राहकहरुले फोनको खरिदमा एउटा पारदर्शी कभर निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

माइक्रोम्याक्सले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्दै आएको छ । माइक्रोम्याक्स कतबतभ-या-तजभ-बचत र बजेट अनुकुल फोनको लागि प्रसिद्ध छ ।

माइक्रोम्याक्सले सधैं उत्कृष्टताका साथ आफ्नो ग्राहकहरुलाई खुसी राखेको छ । सन् २०१२मा विश्वभर माइक्रोम्याक्स क्यानभास २५० हजारभन्दा बढी सेटहरु बिक्र्री भएर रेकर्ड कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment