बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

यी हुन् संसारकै खतरनाक मानिस, जो सँग छन् ४ हजार हतियार

अनलाइनखबर

अमेरिकन नागरिक Mel bernsteinलाई विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिको रुपमा चिनिन्छ । उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी वन म्यान आर्मीको नामले पनि चिनिन्छन् ।

बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा एकसेएक आधुनिक बन्दुक, मेसिन गन, पेस्तोल लगायतका हतियार छन् ।

हतियार भण्डारसँगै उनीसँग ६ वटा शूटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् ।

हालै एक न्यूज एजेन्सीलाई लिएको अन्तरवार्तामा उनले लस भेगास हमला पश्चात आफ्नो पसलबाट निकै ठूलो संख्यामा हतियार बिक्रि भएको खुलासा गरेका छन् ।

एक रिपोर्ट अनुसार अमेरिकाको ३ प्रतिशत मानिसहरुसँग मात्रै २६ करोड भन्दा धेरैगोटा बन्दुक छन् । अर्थात् औषतमा हरेक व्यक्तिसँग १७ वटा भन्दा धेरै बन्दुक रहेका छन् । एजेन्सी

२०७४ कार्तिक २५ गते १७:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this