Comments Add Comment

एमआई ब्रान्डको स्मार्टफोनमा १ वर्षको बीमा पनि

२५ कात्तिक, काठमाडौं । नेपालमै मोवाइल क्षेत्रमै पहिलोपटक एमआई ब्रान्डका स्मार्टफोनमा २ वर्षको वारेन्टी भित्राएको वत्सल इम्पेक्सले हालै ग्राहकको मोवाइल प्रतिको सुरक्षालाई मध्यनजर गर्दै १ वर्षको निःशुल्क इन्सुरेन्स ल्याएको छ ।

तिहार लगत्तै भित्रिएको बहुप्रतिक्षित एमआईको रेडमी नोट ५ ए परिमार्जित गरी नयाँ सुविधा र प्रविधि थप गर्दै रेडमी नमेट ५ एप्राइम बजारमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

सस्तो मूल्यमा गुणस्तरिय सुविधा रहेको रेडमी नोट ५ ए प्राइममा ३ जिबी र्‍याम र ३२ जिबी रोम, ५.५ इन्चको डिस्प्ले, १६ मेगापिक्सलको क्यामेरा र ३०८० एमएएचको ब्याट्री छ ।

यस फोनमा उत्कृष्टताका साथै फोरजी सेवा उपलब्ध रेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment