Comments Add Comment

भोलिदेखि हुण्डाईको ‘मेगा एक्सचेञ्ज विक’

२५ कात्तिक, काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलेले एक हप्ता लामो हुण्डाई मेगा एक्सचेञ्ज विक कार्यक्रम ल्याएको छ ।

भोलि आइतबारदेखि मंसिर २ गते शनिबारसम्म ह्यण्डाईका सबै मोडलहरुमा लागु हुने गरि सो कार्यव|mमको आयोजना हुदैछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न कम्पनीलेले सो एक्सचेञ्ज विक ल्याएको हो ।

एक्सचेञ्जसँगैसँगै कम्पनीलेले आफ्ना ग्राहक सामु ६लाख २० हजार रुपैयाँसम्मको लाभ लिन मिल्ने योजना अन्तर्गत अविश्वसनीय मूल्याङ्कन पनि ल्याएको छ ।

सँगै उपहार, उत्कृष्ट नगद छुट, स्पट फाईनान्स तथा बिमा, ४ वर्ष फ्रि सर्भिस, ३ वर्ष को वारेन्टि, रु २०हजारसम्मको लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेञ्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गर्नेछ ।

सो कार्यक्रमबारे बोल्दै लक्ष्मी इन्टर कन्टिनेन्टलका का सेल्स तथा मार्केटिङ उपमहाप्रवन्धक रुपेष शर्मा भट्टले भने, ‘ग्राहकहरुलाई सँधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेञ्जको योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

यस हुण्डाई मेगा एक्सचेञ्ज विक योजना देशभरका हुण्डाई डिलर नेटवर्कमा लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment