Comments Add Comment

ट्वीटरमा रोकियो अकाउन्ट भेरिफिकेसन

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसन गर्ने फिचरलाई तत्कलका लागि बन्द गरेको छ ।

ट्वीटरले हालै एउटा नीति बनाएको थियो, जस अनुसार जो कोहीले पनि आफ्नो अकाउन्टलाई भेरिफाइ गर्ने वा ब्लु टिक लिनका लागि निवेदन दिन सक्थे । यसअघि यो केवल सेलिब्रेटी, सरकारी तथा मिडयासँग सम्बन्धित मानिसहरुका लागि मात्र उपलब्ध थियो ।

ट्वीटरका संस्थापक सिइओ ज्याक डर्सीले ट्वीट गर्दै भनेका छन्ः हाम्रा एजेन्टहरुले भेरिफिकेसन पोलिसीलाई अहिलेसम्म सही ढंगले फलो गर्दै आएका छन् । तर केही समय पहिले हामीलाई यो महसुस भयो कि यो प्रक्रियामा केही गडबडी छ, जसलाई ठीक पार्नु जरुरी छ । हामीले यसमा पहिले नै काम गर्नु आवश्यक थियो । तर हामीले ध्यान दिएनौँ र यसमा हाम्रो असमर्थता रह्यो । हामीले यसलाई छिटो भन्दा छिटो ठीक पार्ने काम गरिरहेका छौँ ।

वास्तवमा ट्वीटरको भेरिफिकेसन नीतिको विरुद्धमा अमेरिकामा निकै विरोध भएको थियो । एक जनाको ज्यान जानेगरी भर्जिनियामा आयोजित वाइट सुप्रिमेसिस्ट र्यालीका आयोजकको अकाउन्टलाई पनि ब्लू टिक दिने अर्थात् भेरिफाइड गर्ने ट्वीटरको कदमको तिव्र आलोचना भएको थियो ।

ट्वीटरले एक विज्ञप्ती जारी गर्दै भनेको छः कुनै पनि अकाउन्टको भेरिफिकेसनको अर्थ त्यस अकाउन्टको पहिचान गरिएको वा उसको आवाजलाई मान्यता दिनु थियो । तर ब्लू टिक दिनु अर्थात् अकाउन्ट भेरिफाइ गर्नुलाई सम्बन्धित अकाउन्टलाई ट्वीटरले नै समर्थन गरेको प्रमाणका रुपमा बुझियो । यो भ्रम हामीले नै पैदा गरेका हौँ र अब यसलाई सच्चाउनु पर्दछ । हामीले यस विषयमा काम पूरा नगरेसम्म अकाउन्ट भेरिफिकेसनलाई रोकिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment