Comments Add Comment

महालक्ष्मी बैंकबाट लामिछानेको ‘कम ब्याक’


२६ कात्तिक, काठमाडौं । महालक्ष्मी बिकास बैंकको प्रमूख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन् । बैंकको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लामिछानेलाई नियुक्त गरेको हो ।

लामिछाने कैलाश बिकास बैंकको सीइओ पदबाट राजिनामा दिएपछि केही महिना खालि थिए । लगातार दुई कार्यकालभन्दा बढि एउटै संस्थामा प्रमुख कार्यकारी हुन नपाउने नयाँ व्यवस्था अनुसार उनले कैलाशबाट राजिनामा दिएका थिए ।
उनी डेभलपमेन्ट बैंकर्स एशोसिएशनका पुर्व अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment