Comments Add Comment

ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !

२६ कात्तिक, झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले-माओवादीबीच मंसिर ९ गते पार्टी एकता गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।

मंसिर ९ मा नभई दुई वामपन्थी दलबीच चुनावपछि एकता प्रक्रिया अघि बढाउने उनले बताए । झापाको गौरादहमा आइतबार विहान आयोजित चुनावी कार्यक्रममा ओलीले भने, ‘आज विहानै साथीहरुले फोन गर्नुभयो ९ गते एमाले र माओवादीको पार्टी एकता हुँदेछ रे भनेर ।’

उनले अघि भने, ‘हँ मैले त थाहा पाएको छैन भनेँ मैले । अनि प्रचण्डजीलाई फोन गरेँ, तपाईले सुन्नु भो भनेँ । उहाँले मैले त छैन भनेपछि भने- ९ गते तपाई र हाम्रो एकता हुँदैछ रे नि भनेँ । उहाँ हाँस्नु भयो ।’

९ गतेसम्म एकता भनेर भन्ने र १० गतेबाट एकता भाँडियो भनेर हल्ला चलाउन खोजिएको उनले बताए । मंसिर ९ मा पार्टी एकता गर्ने कुनै योजना नरहेको भन्दै उनले भने, आफैंले कथा बनाउन, आफैं बाचन गर्ने र सुन्ने । हाम्रो योजना छैन । हामी चुनावपछि एकता प्रक्रिया अघि बढाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment