Comments Add Comment

नेपालका लागि समर्पण गर्दै न्यूयोर्कमा विदेशी कलाकारले यसरी गीत गाए

  
१२ नोभेम्बर,  न्यूयोर्क । विदेशीले नेपालको लागि न्यूयोर्कमा आयोजना गरेको बिशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गत नोभेम्बर ९ तारिख बिहीबारका दिन न्यूयोर्कस्थित महाबाणिज्य दूतावासका नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीको प्रमुख अातित्थ्यतामा सम्पन्न भएको हो । 
प्रमुख अतिथी मरासिनीले कार्यक्रममा न्यूयोर्क आएको करीब तीन महिना मात्र भएको जानकारी दिदै यहाँका मानिसले नेपाललाई धेरै माया तथा समर्थन गर्नुहुने रहेछ भन्ने कुरा आफूले महसुस गरेको बताए ।
नेपालको लागि कोष वृद्धि कार्यक्रम भएता पनि कार्यक्रममा बिदेशी कलाकारले नेपालको लागि समर्पण गर्दै गीत रचना गरेर गाएका थिए । 
पोर्चुगलका प्रख्यात गायक सोफिया रिबेरो तथा बिट बक्सर रिजुमिकले कुनै एक शब्द भन्नुस् र हामी त्यसमा एकाएक गीत बनाउँछौ भनि दर्शकलाई सोधे पछि “नेपाल “भने पछि उनीहरुले नेपाल सम्बन्धि गीत बनाएर गाएका थिए l नेपालको लागि गाईएको गीत सुने पछि आफ्नो हृदय छोएको प्रमुख अतिथि मरासिनी ले बताए । 
कार्यक्रममा झन्डै एक सय जति बिदेशीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा सन् २०१५ मा नेपालमा गएको भूकम्पको श्रब्य दृश्य देखाईएको थियो । उक्त संस्थाकी संस्थापक क्याटेरय्नाले जेम्स्कोभा ले प्रस्तुति गरेकी थिइन् l
 
क्याटेरय्नाले नेपालमा भूकम्प गएको झन्डै अढाई बर्ष बिति सक्दा पनि अझ मानिसहरु गाउँ घरमा घर पुनर्निर्माण गर्न सकेका छैनन् । अझ पनि उनीहरु अस्थाई टहरामा बस्न बाध्य छन् भनिन् । उनले अगाडी भनिन् इट्टा र सिमेन्ट को घर निर्माण गर्न महँगो पर्ने हुनाले निर्माण गर्न नसकेको बताइन । 
उनले थप जानकारी दिदै अर्थ ब्याग पद्धति सुरक्षित,दीगो,आर्थिक बहन गर्न सकिने भएको बताउँदै केवल तीन हजार डलरमा निर्माण गर्न सकिने दावी गरिन्।
कार्यक्रममा ४ जना महिला नमूना (मोडल) द्वारा भेषभुषाको प्रदर्शन गरिएको थियो भने नर्वेका प्रसिद्ध भेषभुषा ढाचाकार लैला हाफ्जीले बस्त्र प्रदान गरेका थिए । उनको काठमाडौँ नेपालमा कारखाना रहेको छ । 
कार्यक्रममा उपस्थित हुनेहरुमा बिदेशी कलाकार सो प्रानोस – फेडेरिको क्यासेलुसिओ तथा अन्य समुदायहरुका रहेका थिए ।
 
उक्त कोष वृद्धि कार्यक्रम “गुड अर्थ नेपाल”ले आयोजना गरेको थियो । नेपालमा भूकम्प पछि सुरक्षित,स्थायी घर तथा विद्यालय निर्माण गर्न “अर्थ ब्याग ” नया पद्धति द्वारा बनाई रहेको बिदेशी द्वारा स्थापित उक्त गुड अर्थ नेपाल, न्यूयोर्कमा आधारित मुनाफा रहित संस्था हो भने यस्को मुख्य सदरमुकाम काठमाडौँ रहेको छ l 
गुड अर्थ नेपालले पृथ्वीब्याग प्रविधि प्रयोग गरेर घर, विद्यालय र उपचार कक्षहरु (क्लिनिक)हरू सुरक्षित र स्थायी बनाउदछ । यसले स्थानीय समुदायहरूलाई कसरी निर्माण गर्ने सम्बन्धि सिकाउँछ । 
संस्थाको मुख्य उद्देस्य स्थानीय समुदायका सदस्यहरूसंग समन्वय गरी पृथ्वीब्याग भवनको कला सिकाउनमा ध्यान केन्द्रित गर्दछ । यसको साथै अर्थब्याग घर तथा विद्यालयका भवन बनाउने ढाचा तथा निर्माण शिक्षाको साथै अर्थ ब्याग घरहरू र बिद्यालहरू ढाचा तथा निर्माण गर्दछ l 
यस्ता प्रकारका नया प्रबिधिका घरहरु गोर्खा ,धादिंग ,नुवाकोट ,मकवानपुर ,सिन्धु पाल्चोक तथा रसुवामा अढाई वर्ष भित्र दर्जनौ घर निर्माण गरेको छ । सन् २०१६ मा नेपाल इन्जिनियर्स संस्थाले अर्थ ब्याग को ढाचालाई पुरष्कृत समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment