Comments Add Comment

सिरहा-४ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धाः कसले मार्ला बाजी ?

दुवै पूर्वमन्त्रीको दावीः जित सुनिश्चत छ

२६ कात्तिक, सिरहा । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको चुनावमा सिरहा-४ मा दुई पूर्वमन्त्रीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यो क्षेत्रबाट पूर्व कानुनमन्त्री अजय शंकर नायक एमाले-माओवादी गठबन्धनबाट साझा उम्मेदवार छन् ।

सोही क्षेत्रबाट राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री यादव चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसबाट नेता महोमद मुख्तार उम्मेदवार छन् ।

जिल्लाका उत्तरी र दक्षिणी क्षेत्रका गाउँपालिका र नगरपालि समेटिएको छ । जसमा उत्तरी क्षेत्रमा एमाले-माओवादीको वाम गठबन्धनको पकड छ भने दक्षिणी क्षेत्रमा संघीय समाजवादी फोरम नेपालको पकड छ ।

यही क्षेत्रमा पर्ने मिर्चैया, कर्जन्हा नगरपालिका र बिष्नुपुर गाउँपालिको २, ३, ४ र नराहा गााउँपालिकाको ३,४,५ वडा पर्दछन् ।

स्थानीय तहको चुनावमा मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिका माओवादीले जितेको छ । नहरा गाउँपालिकामा एमालेले जितेको छ ।

बिष्नुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जितेको थियो । उपाध्यक्षमा एमालेले एक मतले हारेको थियो ।

स्थानीय तहको मत अनुसार यहाँ वाम गठबन्धन बलियो देखिएको छ । तर, राजपाले आफ्नो जित हुने दावी गरेको छ ।

राजपा नेता राजकिशोर यादवले चुनावमा आफ्नो विजय निश्चित रहेका दाबी गर्दै भने-‘ मधेशका जनताले दमन गर्ने अन्य पार्टीलाई मत दिँदैनन् ।’
स्थानीय तहको निर्वार्चनको मतनै प्रतिनिधिसभाको चुनावमा आउँछ भन्ने ग्यारेण्टी नभएको दावी यादवको छ ।

यता पूर्व कानुन मन्त्री अजय शंकर नायकले पार्टी संगठनको मतलेनै आफूले सहज रुपमा जित्ने बताए । माओवादीको पकड क्षेत्रमा एमालेको समेत साथ भएकोले आफ्नो जितलाई कसैले रोक्न नसक्ने उनको दावी छ ।

यो क्षेत्रमा २०७० सालको संविधानसभाको निर्वाचनमा पनि माओवादीबाट अध्यक्ष प्रचण्ड विजयी भएका थिए । त्यतिवेला यो क्षेत्र नं. ५ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment