Comments Add Comment

आफ्नै श्रीमतिको हत्या गर्ने युवक पक्राउ

२६ कात्तिक, काठमाडौं । आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको कानपुर गाविस–२ का ३२ वर्षीय रामलाल विश्वकर्मा छन् ।

काठमाडौंको जोरपाटी गाविस–२, नयाँ बस्तीमा डेरा गरी बसेका वेला उनले आफ्नी १८ वर्षीय श्रीमति रविना विकलाई हतियार प्रहार गरी हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्दाको अनुसन्धानपछि लउनलाई पोखराको लेखनाथ महानगरपालिकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जले जनाएको छ ।

उनीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment