बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

यू-१९ एशिया कप क्रिकेटः भारतबिरुद्ध नेपालको ऐतिहासिक जित

अनलाइनखबर

 

२६ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।

कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो ।

मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो ।

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो ।

ब्याटिङमा ८८ रनको कप्तानी पारी खेलेका ऐरीले बलिङतर्फ ४ विकेट लिएपछि भारतको ब्याटिङ पंक्ति धराशायी बनेको हो ।

भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलहरुले अन्य भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् ।

कमल सिंह ऐरीको बलमा बोल्ड हुनुअघि ओपनर रानाले ४६ रन बनाए । त्यस्तैं कलरालाई ३८ रनको व्यक्तिगत स्कोरमा पवन सर्राफले रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराए ।

मध्यम ओभरमा नेपाली स्पिनरहरु खेलमा हावी भए । मध्यक्रमका चार ब्याट्सम्यानलाई कप्तान ऐरीले पेविलियनको बाटो देखिएपछि भारतको इनिङ धराशायी बन्यो ।

नेपालका लागि पवन सर्राफ र साहव आलमले २/२ विकेट लिँदा सन्दिप लामिछाने र कमल ऐरीले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ऐरीको कप्तानी पारीको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालको सुरुवात राम्रो रहेन । २८ रन जोड्दा नेपालले २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले ।

जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् । भीम सार्कीले १५ रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

नेपालको पारी सकिन ८ बल बाँकी छँदा आउट भएका आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाए । कप्तान ऐरी खेलको म्यान अफ द म्याच चुनिए ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशसँग २ विकेटको झिनो हार ब्यहोरेको थियो ।

नेपालले आफ्नो अर्को खेल मंगलबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

२०७४ कार्तिक २६ गते १८:११ मा प्रकाशित (२०७४ कार्तिक २७ गते १२:००मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२६ प्रतिकृयाहरू प्राप्त
  • anil k Upadhyay लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १५:१८

    Great!!! Congratulations to all entire team !!!!

    50
    1
    Share

  • row sun लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १५:२२

    badhai cha nepali toli lai

    40
    2
    Share

  • Sailendra upreti लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १५:२६

    Badhai 6 well done

    34
    1
    Share

  • Tika लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १५:४०

    Best for Nepal

    26
    1
    Share

  • Lem लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १५:५०

    Sounds good!first time in history!

    21
    0
    Share

  • Subhash लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १५:५१

    बधाई छ

    11
    0
    Share

  • Mahendra Bhandari लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १५:५९

    यस्तै खेल प्रदर्शन गर्दै गएमा नेपाली युवा क्रिकेटरहरुले क्रिकेटमा नेपाललाई चाडै नै विश्वसामु चिनाउने छन् । नेपाली युवा टोलीलाई बधाई एवं आगमी खेलहरुमा पनि सफलता मिलोस् भनि अग्रिम शुभकामना दिन चाहान्छु ।

    20
    0
    Share

  • Navaraj लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १५:५९

    Congratulations Team Nepal! All the best for next match!!!

    13
    0
    Share

  • khagendra sapkota लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १६:००

    congratulations!!! Great historical victory. This made us feel proud.

    15
    0
    Share

  • नारायण चन्द लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १६:१३

    बधाई छ नेपाली क्रीकेट टिमलाई यसरिनै ईतिहास बनाउदै जानू। तपाईंहरुले आज ३ करोड नेपालीको मन जित्नुभो। एसिया कपको लागि छनौट भएर आउनु यहि छ हाम्रो शुभकामना!!!

    नारायण चन्द बैतडी

    16
    0
    Share

  • Krishna pokharel लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १६:१६

    Great!!! Congrats boys, you made us proud!

    11
    0
    Share

  • Laxman Adhikari लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १६:२०

    Congratulations to all entire team

    10
    0
    Share

  • Ritesh Rana लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १६:२८

    CONGRATULATION U-19 GUYS

    8
    0
    Share

  • Proud to be a Nepali लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १६:२९

    सबै नेपालीको चाहना थियो यो ! बधाई नेपाली टिम✊✌

    14
    0
    Share

  • Bishnu Raj Shrestha लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १७:१३

    Congratulation U-19 Nepali Cricket Team.Best of Luck for upcoming game.

    1
    0
    Share

  • Nepal Nepali लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १७:१४

    Its great pleasure!!!
    Congratulation Team U19 Nepali team…..

    1
    0
    Share

  • Sanish Man Malla लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १७:१६

    Great! Keep it up.

    1
    0
    Share

  • Dinesh Kumar Chaudhary लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते १९:३२

    Nepali toli lai dherai dherai badhai.

    1
    0
    Share

  • Rabin Singh Jagari लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते २०:१०

    Dherai dherai #BADHAI CHH TEAM NEPAL RA NEPALI LAAI

    1
    0
    Share

  • ramesh panta लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते २०:३८

    congratulation to all nepali team

    1
    0
    Share

  • Dharmu लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते २१:२४

    congratulation Nepal team un 19

    1
    0
    Share

  • amrit लेख्नुहुन्छ    |   २०७४ कार्तिक २६ गते २१:५६

    Great!It’s time to make more effort for the upcoming matches.

    1
    0
    Share

  • MILAN BASNET लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते ९:१५

    WELL DONE, CONGRATULATIONS

    0
    0
    Share

  • Ritesh लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते १०:३७

    Great News For The Nepalese …
    Time to celebrate …
    Cheers

    0
    0
    Share

  • Prakash Shrestha लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते १०:४३

    Congratulatin Nepali U-19 Cricket Team

    0
    0
    Share

  • DIPENDRA ACHARYA लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते ११:४२

    CONGRATULATION NEPALI TEAM

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this