Comments Add Comment

प्रवासका झापालीले बाढी पीडित वस्ती पुनर्निमार्ण गरिदिने

१२ नोभेम्बर, सिड्नी । आफ्नो अन्तर्रास्ट्रिय सञ्जाल समेत बनाइसकेका प्रवासी झापालीहरुले अफ्नो जिल्लाका बाढी पीडितहरूको वस्ती निर्माण गरिदिन भएका छन् ।

शनिबार सिड्नीमा आयोजित एक कार्यक्रममा अन्तर्रास्ट्रिय झापाली समाज पूर्व संयोजक भवानी ओलीले उक्त घोषणा गरेका हुन् । उनी गत वर्ष झापामा बाढी पीडितको उद्दार र राहतमा प्रत्यक्ष रुपमा खटेका थिए ।

झापाको कमल गाउँपालिकामा झन्डै ३० लाखको लागतमा केही घरहरु पुनर्निर्माण गरी स्थानीय जनतालार्इ हस्तान्तरण गरिने अन्तर्रास्ट्रिय झापाली समाजका नवनिर्बाचित अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए ।

उनले सो कामका लागि विश्वका विभिन्न देशबाट प्रतिबद्दता प्राप्त भैसकेकोले अब छिट्टै निर्माण कार्य सुरु गरिने उनले बताए ।

शनिबार सिड्नीमा आयोजित झापाली समाज अस्ट्रेलियाको नयाँ कार्य समितिलार्इ नेतृत्व हस्तान्तरण तथा शुभकामना कार्यक्रममा बोल्दै झापाली समाज अस्ट्रेलियाका निवर्तमान अध्यक्ष दीपक खनालले आफ्नो कार्यकालमा २६ शीर्षकमा झन्डै ८० हजार अस्ट्रेलियन डलर बराबरको सेवा कार्य भएको बताए ।

चार वर्ष अघि स्थापना भएको यो समाजले प्रत्येक महिना नेपाल केन्द्रित सेवा कार्य गर्दै आएको छ ।

नेपालको झापा जिल्लाका दश वटा बिद्यालयलार्इ विभिन्न संरचना निर्माणमा सहयोग, अस्ट्रेलिया तथा नेपालमा बिपतमा पर्ने मानिसलार्इ सहयोग, अस्ट्रेलियामा नेपाली संस्कृति संरक्षण लगायतका कार्य गरिरहेको छ ।

शनिबार आयोजित कार्यक्रममा नवनिवाचित झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दीपक चुडालले आफ्ना अग्रजहरुले स्थापना गरेको सेवा कार्यलार्इ निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाली दूतावास अस्ट्रेलियाका उपनियोग प्रमुख राजेन्द्र पाण्डे, न्यूसाउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्का, गैरआवासीय नेपाली संघ ओसियाना क्षेत्र संयोजक धर्मराज अधिकारी लगायतले नयाँ कार्यसमितिलार्इ शुभकामना दिएका थिए ।

दीपक चुँडालको अध्यक्षतामा चयन भएको २०१७-२०१९ को नयाँ कार्यसमितिको उपाध्यक्षमा उमेश पोखरेल, नेत्र पौडेल र नारायण खड्का चयन भएका छन् भने कार्यसमितिको सचिवमा अशोक उप्रेती , सह सचिवमा तीर्थ खतिवडा तथा कोषाध्यक्षमा प्रबिण चौहान निर्वाचित भएका छन् ।

समाजको नयाँ कार्यसमिति सदस्यमा राजकुमार गोश्वामी, नरेश उप्रेती,नवीन खनाल, सुधिर पौडेल, सागर पराजुली, नविन थपलीया, अमित श्रेष्ठ र मदन धौराली छन् ।

हाल अन्तरास्ट्रिय झापाली समाजको १८ देशमा च्याप्टर गठन भएको छ भने आगामी दुर्इ वर्षमा चालिस देशमा शाखा बिस्तार गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment