Comments Add Comment

लगानी गर्न प्रोत्साहित गर्दै ब्रोकर, नेप्से दोहोरो अंकले बढ्यो


२६ कात्तिक, काठमाडौं । लगातार घटेको बजारमा आइतवार दोहोरो अंकको सुधार आएको छ ।  आइतवार नेप्से परिसूचकमा १६.४१ प्रतिशतले सुधार आएको छ । नेप्से १४७७ विन्दुमा आइपुगेको हो ।

‘परिस्थिती सुधार नै भयो भन्ने होइन तर बजार निकै तल घटेको छ र लगानी गर्न सकिने रकमबाट कम्तिमा २५ प्रतिशत लगानी गर्न मिल्छ भने लगानीकर्ताहरुलाई भनिरहेका छौं,’ ब्रोकर नन्द किशोर मुन्दराले भने । बजारको अवस्था अझै बलियो नदेखिएको भएपनि कम्पनी अनुसार केही लगानी गर्न सकिने अवस्था रहेको मुन्दराले भने ।

बैंक तथा वित्तीय संस्थाहरुको नाफामा गिरावट हुनु, कर्जाको व्याजदर अपेक्षित दरमा नआउनु, चुक्ता पूँजीमा भएको वृद्धिले आगामी वर्ष बैंकहरुबाट कस्तो लाभांश दर प्राप्त हुने भन्ने चिन्ता लगानीकर्तामा देखिनुले बजारमा सुधार हुन सकेको थिएन । यद्यपी लगातार बजार घटिरहेकोले यसलाई लगानी अवसरको रुपमा समेत लिनुपर्ने र आंशिक लगानी गर्न सकिने ब्रोकरहरुले बताउदै आएका छन् ।

ब्रोकरहरु लगानीकर्तासँग सोझो र पहिलो सम्पर्कमा रहन्छन् । उनीहरुसँगको छलफल र सल्लाहलाई पनि लगानीकर्ताहरुले आत्मसाथ गर्ने परिपाटी छ ।

बजार बढेपनि कारोबार रकममा भने वृद्धि हुन सकेन । यसदिन ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसमध्ये दुई कम्पनीको संस्थापक सेयर किनबेचबाट मात्रै करिब ६ करोडको व्यापार भएको हो । सहयोगी, महालक्ष्मी, गरिमा लगायतका विकास बैंकको सेयर मूल्य बढेपछि लघुवित्त बिकास बैंक परिसूचकलाई विकास बैंक सूचकले उछिन्ने क्रम जारी रहेको छ । एक साताअघि ८१३२.०४ मा विकास बैंक समूहको सूचक रहँदा लघुवित्तको सूचक अलग बनाइएको थियो । सो दिन लघुवित्त समूहको परिसूचक १८३२.५२ कायम गरिएको थियो । त्यसको तेस्रो दिनबाटै बिकास बैंक समूहको परिसूचकले लघुवित्त समूहको परिसूचकलाई पछाडी पार्दै आएको छ ।

लघुवित्त कम्पनीहरुको मूल्य विकास बैंकहरुको मूल्यको तुलनामा उच्च रहेको छ । तर सूचक सुरु गरेयता लघुवित्त कम्पनीहरुको मूल्य तुलनात्मक रुपमा उच्चले घटेपछि विकास बैंक समूह सूचक बढि देखिदै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment