Comments Add Comment

आचारसंहिता उल्लंघन गर्दै गोरखाका कांग्रेस उम्मेदवारद्वारा दोस्रो पटक हेलिकोप्टर प्रयोग

२६ कात्तिक, गोरखा । निर्वाचन आचारसंहिता उल्लघंन गर्दै गोरखा कांग्रेसका उमेदवारहरुले चुनावी प्रचारका लागी हेलिकोप्टर प्रयोग गरेका छन् ।

गोरखा क्षेत्र नम्वर १ को प्रतिनिधिसभा सदस्य उमेदवार चिनकाजी श्रेष्ठ, प्रदेशसभामा१ को ‘ख’ बाट उमेदवार राजेन्द्र बजगाइ र प्रदेशसभातर्फको समानुपातिक उमेदवार हरि घले आइतवार हेलिकोप्टर लिएर काशीगाँउ र मान्वु पुगेका हुन् । उनीहरुले त्यहाँ कोणसभासँगै घरदैलोसमेत गरेको स्थानीयवासीले बताएका छन् ।

निर्वाचन आयोगको स्वीकृति लिएर पार्टीको प्रचारक समितिका तीन जना सदस्यले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने प्रावधान छ । सोही प्रावधान अनुरुप प्रचारक समितिका सदस्य शशांक कोइराला आइतवार हेलिकोप्टरमा उत्तरी गोरखा काशीगाउँ पुगे । तर गोरखा १ प्रदेश ‘ख’का उमेदवार राजेन्द्र बजगाइ र प्रतिनिधिसभातर्फको समानुपातिक उमेदवार हरि घलेले हेलिकोप्टरलाइ चुनावी प्रचारमा प्रयोग गरे ।

उनीहरु काशिगाउँ पुगेर कोणसभासँगै घरदैलो कार्यक्रम गरे । त्यस लगत्तै हरि घले हेलिकोप्टर लिएर गोरखा १ का प्रतिनिधी सभा सदस्यका उमेदवार चिनकाजी श्रेष्ठलाइ लिन गोरखा सदरमुकाम आए । हरमटारीको खेलकुद मैदानमा हेलिकप्टर ल्याण्ड भएसँगै श्रेष्ठ र काग्रेस नेतृ कमला पन्त हेलिकप्टर चढेर घलेसँगै मान्वुतर्फ लागे । त्यहाँ पनि उनीहरुले संयुक्त रुपमा कोणसभा र घरदैलो अभियान गरे ।

प्रचारक समितिका सदस्यको हैसियतले कोइरालालाइ निर्वाचन आयोगले हेलिकोप्टर प्रयोग गर्न स्वीकृत दिएको थियो । तर प्रचारक समितिका सदस्य सँगै अन्य उमेदवारहरुले हेलिकप्टरको दुरुपयोग गर्दै चुनावी प्रचारमा प्रयोग गरे । ‘प्रचारक समितिका सदस्यले आयोग सँग स्वीकृति लिएर हेलिकोप्टर प्रयोग गर्न पाउछन्,’ निर्वाचन आयोगका सहसचिव बिकास तिमिल्सिनाले भने, ‘तर त्यसमा उमेदवार भने चढ्न पाउँदैनन् ।’ यसबारे आयोगमा उजुरी परेको र छानविन भइरहेको उनले बताए ।

गोरखा क्षेत्र नम्वर २ को ख प्रदेशका प्रदेश सभा उमेदवार राजेन्द्र बजगाइ र प्रदेश सभा तर्फको समानुपातिक उमेदवार हरि घलेले यस अघि पनि आचार संहिता उल्लघंन गर्दै आयोगको स्वीकृति विना चुनावी प्रचारका लागी हेलिकोप्टर प्रयोग गरेका थिए ।

आचारसंहिता उल्लघंन गर्नेलाइ वाम गठवन्धनद्वारा कारवाहीको माग

निर्वाचन आचारसंहिता उल्लघंन गर्ने कांग्रेस उमेदवारहरुलाइ कारवाहीको माग गर्दै गोरखाका वाम गठवन्धनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

प्रचारक समितिको सदस्यको नाममा स्वीकृति पाएको हेलिकोप्टरको दुरुपयोग गर्ने गोरखाका कांग्रेस उमेदवारलाइ कारवाही गर्न बामगठवन्धनले माग गरेको हो ।

आइतवार पत्रकार सम्मेलन गर्दै वाम गठवन्धन अन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक उम्मेदवार तथा माओवादी केन्द्रका नेता चुडामणि खड्काले बारम्वार आचारसंहिता उल्लघंन गर्दा पनि कारवाही नभएको भन्दै कारवाही गर्न माग गरे ।

कारवाहीको माग गर्दै जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगमा लिखित उजुरी दिएको उनले जानकारी दिए । आचारसंहिताको धज्जी उडाउने उमेदवारलाइ कारवाही नभए जनप्रतिरोधमा जाने खड्काले चेतावनी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले भने आएको उजुरी केन्द्रमा पठाइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment