Comments Add Comment

क्रान्तिकारीको मागः सबै कलेजमा फ्री वाईफाई, प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा

२६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै कलेजमा निःशुल्क वाईफाई सुविधा उपलब्ध गराउन माग गर्दै माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीले उपकुलपति प्रा.डा. तिर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।

त्रिविका देशभरका कलेजलाई फ्री वाईफाई जोन बनाउनुपर्ने, विश्वविद्यालयको गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार, छात्रवृत्ति, पूर्वाधार विकास, शुल्क वृद्धि घटाउनुपर्ने लगायतका माग राख्दै क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले उपकुलपति खनियाँसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

सूचना प्रविधिको युगमा हरेक विद्यार्थीलाई ताजा अपडेटका लागि देशभरका सबै कलेजमा फ्री वाईफाईको माग गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

क्रान्तिकारीले विश्वविद्यालयका हरेक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा हुनुपर्ने माग पनि राखेको छ ।

ज्ञापनपत्रमा त्रिविले नयाँ कार्यक्रममा सम्वन्धन दिँदा आंगिक क्याम्पसलाई प्राथमिकता दिनुपर्ने, आंगिक कलेजमा निजी तवरबाट संचालित कार्यक्रमको पूर्ण स्वामित्व अविलम्ब विश्वविद्यालयले लिनुपर्ने लगायतका माग समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment