Comments Add Comment

अपडेटः इरान र इराकको सीमामा भूकम्प, मृतकको संख्या १३३ पुग्यो

२७ कात्तिक, काठमाडाैं । इरान र इराकको सीमा क्षेत्रमा आएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । ३ सय जना घाइते भएका छन् ।

७ दशमलव ३ रेक्टर स्केलको भूकम्पबाट इरानका १४ राज्य प्रभावित भएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार इरानको कुर्द शहर हलबजा भन्दा ३२ किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । अन्तर्राष्ट्रिय समय अनुसार आज बिहान ६ बजेर १८ मिनेट जाँदा ३३ दशमलव ९ किलोमिटर गहिराईमा भूकम्प गएको थियो ।

इरान र इराकको सीमामा पहाडी क्षेत्र पर्दछ । भूकम्पको कारण सो क्षेत्रमा भूक्षय गएको छ । प्रभावित राज्यहरुमा विद्युत र टेलिफोन सेवा समेत बन्द भएको छ । जसका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य प्रभावित भएको छ ।

भूकम्प गएको बेलाको भिडियो सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका छन् जसमा मानिसहरु रुवाबासी गर्दै भागदौड गरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment