बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

राष्ट्रपतिको सवारी रुट थाहा पाउनुस्, जामबाट जोगिनुस्

यस्तो छ शितल निवासदेखि एयरपोर्टसम्मको सवारी रुट

अनलाइनखबर

२७ कात्तिक, काठमाडौं । भीआईपीको सवारी हुँदा ट्राफिक जामको सास्ती व्यहोर्दै आएका काठमाडौंबासीले आज पनि त्यस्तै समस्या भोग्नुपर्ने भएको छ ।

किनकी राष्ट्रपति विद्यादेवी भण्डारी आज युएईको भ्रमणमा जाँदैछिन् र त्यसका लागि सवारी अवधिभर ट्राफिक प्रहरीले शितल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सवारी रुटमा अरु गाडी चल्न दिनेछैन ।

त्यसैले तपाईं जामबाट जोगिन चाहानुहुन्छ भने आज राष्ट्रपति भण्डारीको सवारी हुने समय र रुटको बारेमा पूर्वजानकारी लिँदा राम्रो हुन्छ ।

ट्राफिक प्रहरीका अनुसार अपरान्ह साढे चार बजे शितल निवासबाट राष्ट्रपति भण्डारी बाहिरिने छिन् । शितल निवासबाट भाटभटेनी, ल्होत्से चोक, ज्ञानेश्वर, तिलगंगा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्ने रुट निर्धारण गरिएको छ । त्यसैले कुनै काम विशेषले कतै जानुपर्ने छ भने सवारी हुने बाटो प्रयाेग नगर्दा उत्तम हुनेछ । साथै काममा निस्किनुपर्दा पर्याप्त समय छुट्याउँदा बेस ।

भीआईपीको सवारी नसकुन्जेल ट्राफिक प्रहरीसँगै सुरक्षाकर्मीहरुले सडकको दायाँबायाँ गाडी रोक्ने, बाटो काट्न नदिने र पैदल यात्रीहरुलाई समेत हिँडडुलमा कडाई गर्ने गर्दछन् । जसका कारण घण्टौं रोकिनुपर्दा हैरान मात्र हुँदैन र समयमै पुग्नुपर्ने ठाउँमा पुग्न ढिलाइ समेत हुनेगर्दछ । सवारी सकिएपछि धेरै गाडीको चाप एकैपटक सडकमा पर्दा घण्टौं जाम हुने हुँदा पनि काठमाडौंबासीले सास्ती बेहोर्नुपर्दछ ।

२०७४ कार्तिक २७ गते ८:५७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • पुष्प अार.जे लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते १२:३५

    श्री ५ हटे अब श्री ३ले जनतालाई दु:ख दिन थाले दुर्भाग्य यिनीहरुले जनताले जिताएर सत्तामा पुर्यार फेरि जनतालाई नै दु:ख दिन थाले।यो परिपाटी को अन्त कहिले होला।काठमाडौं जस्तो सम्बेदनसिला ठाउँ जहाँ जाम भईरहन्छ।यो सवारीले कति फेरि जाममा फस्ने भए।सरकार हुन्छ भने सार्वजनिक बिदा दे….जनताले दु:ख त पाउने थिएन्।

    0
    0
    Share

  • MADHHU SUDAN LUITEL लेख्नुहुन्छ    |   २०७४ कार्तिक २७ गते १६:४४

    यसैको कारण ले एम्बुलेन्स का बिरामी को बाटै मा मृत्यु नहोस !

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this