Comments Add Comment

सिड्नीमा दुई जना नेपाली सम्मानित

१३ नोभेम्बर, सिड्नी । नेपालीहरुको बाक्लो बसोबास भएको सेन्ट जर्ज इलाकामा उनीहरुले गरेको स्वयसेवाका लागि दुर्इ जना नेपाली सम्मानित भएका छन् ।

नेपाली पत्रकार ऋषि आचार्य र विद्यार्थी क्षितिज बुढाथोकीलार्इ हालै आयोजित एक समारोहमा न्यू साउथ वेल्स संसदमा ओएटली निर्वाचन क्षेत्रबाट निर्वाचित संसद मार्क कुरेले सम्मानित गरेका हुन् ।

सेन्ट जर्ज इलाकाको सातौ वार्षिक सामाजिक सम्मान समारोहमा बोल्दै संसद मार्क कुरेले अस्ट्रेलियाको बहु साँस्कृतिक समाजको प्रगतिमा सबैको योगदान भएको बताए ।

पत्रकार आचार्यलार्इ नेपाल र अस्ट्रेलियामा पत्रकारिता तथा स्वयमसेवा गरेवापत र विद्यार्थी बुढाथोकीलार्इ पच्चीस वर्ष मुनिका युवा स्वयमसेवकको रुपमा सम्मानित गरिएको हो ।

उनी सेन्ट जर्ज इलाकामा बस्ने अस्ट्रेलियामा नेपालका २३ वर्षे अन्तरास्ट्रिय विद्यार्थी हुन् र यहाँ स्वयमसेवी सामाजिक गतिबिधिमा सहभागी छन् ।

यो वर्षको बिशेष समारोह समापन पछि २०११ मा यो इलाकाको सामुदायिक सम्मान प्राप्त गर्ने पहिलो नेपाली राज कोइराला , नेपालबाट आएका प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्य, अस्ट्रेलियाको अन्तरास्ट्रिय विद्यार्थी काउन्सिलमा अध्यक्ष विजय सापकोटा लगायतले पुरस्कृत दुवै जनालार्इ बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै नेपालीहरुको वस्ती बढ्दै गएको लिभरपुल काउन्सिलले पनि आफ्नो दुर्इ सय सातौ वार्षिकोत्सवका अवसरमा गैरआवासीय नेपाली संघका सचिव देव गुरुङलार्इ सम्मानित गरेको थियो । उनलाई अफिसर अफ द अर्डर उपाधि दियिएको बताइएको छ ।

नेपालीहरुको आगमन र स्थायी बसोबास बढी रहँदा अस्ट्रेलियाका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले नेपालीहरुको काम र सेवा भावनाको सम्मान गर्न थालेका छन् ।

यहाँका राजनीतिक पार्टीहरुले पनि स्थायी बसोबास गरिसकेका र अस्ट्रेलियाका मतदाता बनिसकेकाहरुलाई आकर्षित गर्न विभिन्न गतिबिधिहरु पनि संचालित गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment