Comments Add Comment

पार्टी एकता गर्न नसके कम्युनिस्टहरुको अर्थ रहँदैनः रायमाझी


२७ कात्तिक, गुल्मी । नेकपा माओवादी केन्द्रका सचिव तथा अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले अस्तित्वमा रहेका वामपन्थी पार्टीहरुबीच एकता हुन नसके कम्युनिस्टहरुको अर्थ नरहने बताएका छन् ।

चुनावी प्रचारका क्रममा सदरमुकाम तम्घास पुगेका उनले माओवादी आन्दोलनको मुख्य उद्देश्य नै एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्नु रहेको बताए ।
‘नेपालमा कम्युनिस्ट र कांग्रेसबाहेक अन्य दल आवश्यक छैनन्’, रायमाझीले भने, ‘त्यसैले सबै कम्युनिस्टहरु मिल्नुपर्छ । नमिल्ने हो भने कम्युनिस्टहरु रहनु र नहरनुको औचित्य हुँदैन ।’

उनले कम्युनिस्ट फुट्दा कांग्रेसले फाइदा लिएको र देशले गति लिन नसकेको बताए । ‘कम्युनिस्ट बाझिँदा देशको विकास अवरुद्ध भएको छ’, उनले भने, ‘अब एकजुट भएर विकासको मूल फुटाउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment