Comments Add Comment

प्राइम कमर्सियलको २७, कञ्चनको १६ प्रतिशत बोनस प्रस्ताव


२७ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको कात्तिक २६ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै कञ्चन डेभलपमेन्ट बैैंकले १६.०३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको कात्तिक २५ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकहरुको बोनस प्रस्ताव राष्ट्र बैंकबाट पारित हुन र साधारण सभामा पेश हुन बाँकी छ । कञ्चन डेभलपमेन्ट बैंकले बोनस सेयरको कर प्रयोजनको लागि लाभांश प्रस्ताव समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment