Comments Add Comment

कांग्रेसको दावीः बाबुराम र पशुपतिको जित सुनिश्चित

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र राप्रपा -प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा विजयी हुने दावी गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिले कांग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका डा. भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा विजयी हुने दावी गरेको हो ।

कांंग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट भट्टराई प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर-२ बाट र राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

दुवै उम्मेदवार विजयी हुने कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दावी गरे ।

उनले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार अभियानमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिएको पनि स्पष्ट पारे ।

नेपाली कांग्रेसले पहिलो चरणमा प्रतिनिधिसभाका लागि ३५ जना र प्रदेश सभाका लागि ६६ जना उम्मेदवारी दिएको छ ।

नेपाली कांग्रेसले मतदान बदर हुन नदिन सचेत रहन पनि आम मतदातालाई आहृवान गरेको छ ।

संयोजक खाँणले लोकतन्त्रलाई बलियो बनाउन पनि मत पत्र बदर हुन नदिन पार्टीले आम मतदातालाई सचेत रहन आग्रह गरेको स्पष्ट पारे ।

कांग्रेसले मतदान बदर हुन नदिन देशभर मतदाता प्रशिक्षण कार्यक्रम पनि संचालन गरिरहेको पनि जनाएको छ ।

नेपाली कांग्रेसले निर्वाचनमा पार्टीको पक्षमा जनमत सृजना गर्न उत्साहका साथ लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत पनि गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment