Comments Add Comment

गण्डकी विकास बैंकको विर्तामोड शाखाको उदघाटन

२७ कात्तिक, काठमाडौं । गण्डकी विकास बैकको झापा जिल्लास्थित विर्तामोड शाखाको औपचारिक उदघाटन वैँकका अध्यक्ष जगनबहादुर गुरुङ्गले गरे ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाइ मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आइरहेको बताए ।

बैकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले वैकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको वारेमा प्रकाश पारे ।

सो कार्यक्रममा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले पनि बधाई तथा शुभकामना मन्तव्य राखे ।
उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबएएस, एटीएम, एसएमएस मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment