Comments Add Comment

बुढीगण्डकी आयोजनाको निर्माण छिटै सम्पन्न गर्छौं: कमल थापा

२८ कात्तिक, काठमाडौं । उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आयोजना सकेसम्म छिटो निर्माण सम्पन्न गर्ने बताएका छन् ।

चिनियाँ कम्पनी गेजुवा ग्रुपसँगको सम्झौता रद्द गरेपछि बुढीगण्डकीको भविष्यबारे अन्योल देखिएका बेला मन्त्री थापाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

मन्त्री थापाले मंगलबार बिहान ट्वीट गरेका छन्, ‘राष्ट्रिय गौरवको यो योजना यथासम्भव चाँडो निर्माण सम्पन्न गर्ने गरी नीति, कार्यविधि र योजना सार्वजनिक गरिने छ ।’

कांग्रेस समेत सहभागी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण गर्ने जिम्मा चिनियाँ सरकारी कम्पनी गेजुवा ग्रुपलाई दिने दिने निर्णय गरेको थियो । तर कांग्रेस नेतृत्वकै सरकारले सोमबार सो सम्झौता रद्द गरेको छ ।

एउटा सरकारले जिम्मा दिने र अर्कोले खोस्ने निर्णयबाट अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने विज्ञहरु बताउँछन् ।

बुढीगण्डकी चिनियाँ कम्पनीसँग खोसेको सरकारले सोमबार नै दुई भारतीय कम्पनीलाई अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउने म्याद थप गरिदिएको छ । अरुण तेस्रो सतलज र माथिल्लो कर्णाली जीएमआरले निर्माणको जिम्मा पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment