Comments Add Comment

बेलायतमा रजिष्टर्ड नर्स बन्न आईईएलटीएस पास गर्नु नपर्ने, नेपालीलाई पनि फाइदा

२८ कात्तिक, काठमाडौं । नर्समा काम गर्न बेलायत जान चाहानेहरुका लागि खुसीको खबर छ । किनकी अबदेखि नर्समा रजिष्टर हुनका लागि बेलायतमा अंग्रेजी भाषा परीक्षा आईईएलटीएस पास गर्नुपर्ने छैन ।

यो सुविधाबाट बेलायतमा काम गर्न जाने नेपाली नर्सहरु पनि लाभान्वित हुने भएका छन् । किनकी धेरै नेपाली नर्सहरुको काम गर्ने गन्तव्य बेलायत हुने गरेको छ ।

बेलायतमा नर्सहरुको नियामक निकाय द नर्सिङ एण्ड मिडवाइफरी काउन्सील (एनएमसी)ले परिवर्तित पछिल्लो नियम यही नोभेम्बर महिनादेखि लागू गरिसकेको छ ।

अकुपेसनल इङ्गलिस टेस्ट (ओईटी) मा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण गर्नेहरुलाई पनि बेलायतले स्वीकार गर्नेछ ।

आईईएलटीएसमा कम्तिमा ७ अंक ल्याएर उत्तीर्ण गर्नैपर्ने यस अघिको नियम हटाइएपछि अंग्रेजी मुलभाषा नहुने नेपालीहरुलाई राहत मिलेको छ ।

अंग्रेजी मुलभाषा भएका देशहरुका नर्सहरुले भने एक वर्ष आफ्नो देशमा काम गरिसकेपछि सिधै बेलायतमा आएर दर्ता हुन पाउनेछन् ।

बेलायतमा दक्ष नर्सको आबश्यकता पूर्ति गर्न बिदेशी नर्सहरुलाई ल्याउने गरिएको छ । तर, कडा अंग्रेजी भाषाको मापदण्डका कारण धेरै बिदेशी नर्सहरु फेल भएपछि बेलायतले केही खुकुलो नीति लिएको हो । पछिल्लो महिना केन्टको एउटा अस्पतालले जनाएअनुसार ९० प्रतिशतभन्दा धेरै फिलिपिनो दक्ष नर्सहरु अंग्रेजी भाषा परीक्षामा फेल भएको बेलायती अनलाइन डेलीमेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment